कुवेतमा नेपाली मौलिक संस्कृति झल्काउने स्टल  « Khabarhub

कुवेतमा नेपाली मौलिक संस्कृति झल्काउने स्टल 


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कुवेतको सांस्कृतिक र मनोरञ्जन कार्यक्रममा नेपाली मौलिक संस्कृति झल्काउने सामग्रीको स्टल राखिएको छ ।

कुवेतको स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्थानीय डीनरी अफ डिप्लोम्याटिक कोर्प्स र कूटनीतिक महिला समितिको संयुक्त तत्वावधानमा कुवेत सिटीमा आयोजित सांस्कृतिक र मनोरञ्जन कार्यक्रममा नेपाली स्टल राखिएको हो ।

नेपाली दूतावासले नेपाली मौलिक संस्कृति झल्काउने पोसाक, नेपाली खाना, नेपाली घरेलु उत्पादनका सामग्रीहरू, निर्यातयोग्य वस्तुहरू, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सामग्री सहितको स्टल राखी कार्यक्रममा सक्रिय सहभागिता जनाएको हो।

नेपालको सामाजिक-सांस्कृतिक विविधता र महत्त्व झल्काउने प्रचार सामग्री, हिमाल, पहाड लगायत पर्यटकीय महत्वका  सामग्रीहरू, पोस्टर, ब्रोस्योर, हस्तकलाका सामग्री, नेपाली लोक बाजा आदिले सजाइएको थियो ।

दूतावासका अनुसार नेपाली स्टलको उल्लेख्य संख्यामा आगन्तुकहरूले भ्रमण गर्नुका साथै अभिरूची पूर्वक अवलोकन गरी नेपालका सांस्कृतिक विविधता, सम्पदा, पर्यटन र उत्पादनका सामग्रीबारे जिज्ञासा राखेका थिए ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी, उनकी धर्मपत्नीसहित दूतावासका कर्मचारीहरूद्वारा अवलोकन कर्ताको जिज्ञासालाई संशोधन गर्दै नेपाल भ्रमणका लागि अनुरोध गरिएको थियो । नेपाली स्टलमा राखिएका नेपाली परम्परागत तथा लोकप्रिय खानाका परिकार मःमः, सेलरोटी, फुलौरा, बारा, पकौडा बारेमा आगन्तुकहरूले जानकारी लिनुका साथै रूचि देखाएका थिए ।

स्थानीय नेपाली कलाकारहरूले नेपाली लोक बाजा सहितको सांस्कृतिक प्रस्तुति एवं नेपाली पहिरनमा सजिएका कलाकारहरूको नेपाली गीत माथिको नृत्यलाई उपस्थित दर्शकहरूले प्रशंसा गरेका थिए ।

बसन्त ऋतुको आगमनसँगै मनोरञ्जनात्मक कार्यक्रम सहितको विशेष अवसरमा आयोजित प्रवर्द्धनात्मक कार्यक्रममा नेपाली दूतावासको सहभागिताले नेपालको पर्यटन क्षेत्र एवं सामाजिक-सांस्कृतिक वैभवता एवं विविधता लगायत केही हदसम्म नेपाली उत्पादनको स्थानीय बजारमा प्रचार-प्रसारमा सहयोग पुग्ने अपेक्षा छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : १२ बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने