कुवेतमा नेपाली मौलिक संस्कृति झल्काउने स्टल  « Khabarhub

कुवेतमा नेपाली मौलिक संस्कृति झल्काउने स्टल 


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कुवेतको सांस्कृतिक र मनोरञ्जन कार्यक्रममा नेपाली मौलिक संस्कृति झल्काउने सामग्रीको स्टल राखिएको छ ।

कुवेतको स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्थानीय डीनरी अफ डिप्लोम्याटिक कोर्प्स र कूटनीतिक महिला समितिको संयुक्त तत्वावधानमा कुवेत सिटीमा आयोजित सांस्कृतिक र मनोरञ्जन कार्यक्रममा नेपाली स्टल राखिएको हो ।

नेपाली दूतावासले नेपाली मौलिक संस्कृति झल्काउने पोसाक, नेपाली खाना, नेपाली घरेलु उत्पादनका सामग्रीहरू, निर्यातयोग्य वस्तुहरू, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सामग्री सहितको स्टल राखी कार्यक्रममा सक्रिय सहभागिता जनाएको हो।

नेपालको सामाजिक-सांस्कृतिक विविधता र महत्त्व झल्काउने प्रचार सामग्री, हिमाल, पहाड लगायत पर्यटकीय महत्वका  सामग्रीहरू, पोस्टर, ब्रोस्योर, हस्तकलाका सामग्री, नेपाली लोक बाजा आदिले सजाइएको थियो ।

दूतावासका अनुसार नेपाली स्टलको उल्लेख्य संख्यामा आगन्तुकहरूले भ्रमण गर्नुका साथै अभिरूची पूर्वक अवलोकन गरी नेपालका सांस्कृतिक विविधता, सम्पदा, पर्यटन र उत्पादनका सामग्रीबारे जिज्ञासा राखेका थिए ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी, उनकी धर्मपत्नीसहित दूतावासका कर्मचारीहरूद्वारा अवलोकन कर्ताको जिज्ञासालाई संशोधन गर्दै नेपाल भ्रमणका लागि अनुरोध गरिएको थियो । नेपाली स्टलमा राखिएका नेपाली परम्परागत तथा लोकप्रिय खानाका परिकार मःमः, सेलरोटी, फुलौरा, बारा, पकौडा बारेमा आगन्तुकहरूले जानकारी लिनुका साथै रूचि देखाएका थिए ।

स्थानीय नेपाली कलाकारहरूले नेपाली लोक बाजा सहितको सांस्कृतिक प्रस्तुति एवं नेपाली पहिरनमा सजिएका कलाकारहरूको नेपाली गीत माथिको नृत्यलाई उपस्थित दर्शकहरूले प्रशंसा गरेका थिए ।

बसन्त ऋतुको आगमनसँगै मनोरञ्जनात्मक कार्यक्रम सहितको विशेष अवसरमा आयोजित प्रवर्द्धनात्मक कार्यक्रममा नेपाली दूतावासको सहभागिताले नेपालको पर्यटन क्षेत्र एवं सामाजिक-सांस्कृतिक वैभवता एवं विविधता लगायत केही हदसम्म नेपाली उत्पादनको स्थानीय बजारमा प्रचार-प्रसारमा सहयोग पुग्ने अपेक्षा छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : १२ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानिया

नारायणगढ– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण