सिटी, लिभरपुल र क्रिस्टल प्यालेस सेमिफाइनलमा « Khabarhub

सिटी, लिभरपुल र क्रिस्टल प्यालेस सेमिफाइनलमा


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगका महारथी क्लबहरु म्यानचेस्टर सिटी, लिभरपुल र क्रिस्टल प्यालेस एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार राति भएको खेलमा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले साउथह्याम्टनमाथि उसकै मैदानमा ४–१ को सानदार जित निकाल्यो ।

सिटीको फराकिलो जितमा रहिम स्टर्लिङ, केभिन डि ब्रुएन, फिल फोडेन र रियाद महारेजले गोल गरे । सिटीका रक्षक एमरिक लापोर्टाले आत्माघाती गोल गरेका थिए ।

अर्काे खेलमा लिभरपुलले नथिङघम फरेस्टलाई १–० ले पराजित गर्‍याे । लिभरपुलको जितमा डिएगो जोटाले ७८औं मिनेटमा निर्णायक गोल गरे ।

अर्काे खेलमा क्रिस्टल प्यालेसले एभर्टनमाथि ४-० अन्तरको सहज जित निकाल्यो ।प्यालेसको जितमा मार्क गुही, जिन फिलिप माटेटा, वेलफ्रेड जाहा र विल ह्युगले गोल गरे ।

योसँगै एफए कपको सेमिफाइनलको समिकरण पुरा भएको छ । सेमिफाइनलमा चेल्सी र क्रिस्टल प्यालेस तथा सिटी र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ५० बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने