सडक सञ्जालले नछोएको सञ्जापुमा मोटरबाटो « Khabarhub

सडक सञ्जालले नछोएको सञ्जापुमा मोटरबाटो


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – सडक सञ्जालले नछोएको लमजुङको मर्स्याङ्दी गाउँपालिका-५ सञ्जापुमा मोटरबाटोको सुविधा पुगेको छ ।

संसद् विकास कोष अन्तर्गतको बजेट र मर्स्याङ्दी गाउँपालिकाको सहयोगमा सञ्जापुमा मोटरबाटोको सुविधा पुगेको हो । मोटरबाटो नभएकै कारण स्थानीयलाई भएको समस्यालाई मध्यनजर गर्दै गाउँमा मोटरबाटो पुर्‍याइएको हो ।

सञ्जापु मोटरबाटो निर्माण समितिका अध्यक्ष डिलबहादुर गुरुङका अनुसार गत वर्षबाट मोटरबाटोको काम थालिएकोमा यस वर्ष सकिएको हो । गत वर्ष ०७७/०७८ मा गण्डकी प्रदेश सभा ‘क’ का सांसद धनञ्जय दवाडीको पहलमा संसद् विकास कोष कार्यक्रम अन्तर्गत विनियोजन भएको ३५ लाख, मर्स्याङ्दी गाउँपालिकाको २० लाख र वडा कार्यालयको ४ लाख बजेटमा काम भएको थियो ।

यस वर्ष मर्स्याङ्दी गाउँपालिकाले ७ लाख रुपैयाँ थपेर सडकको काम सम्पन्न गराएको हो । सञ्जापुमा मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडाको बाटो हुँदै सडक पुर्‍याइएकाे छ ।

मोटरबाटोको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले नागरिकलाई मोटरबाटोको अतिआवश्यक भएकाले यसमा बजेट व्यवस्था गरिएको बताए । सडकको सुविधा पुगेपछि सवारीसाधनमार्फत आवातजावत गर्न सहज हुने र गाउँमा उत्पादित बस्तु बजारसम्म पुर्‍याउन सकिने बताए । मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सञ्जापु गाउँ सडक सञ्जालले जोडिएसँगै जमिनको अधिकतम उपयोग गरी व्यावसायिक उत्पादनमा जोडिनुपर्ने बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ११ : ५१ बजे

रवि, बालेन र कुलमानबीच भएको सहमतिमा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता