‘अन्तिम सिपाहीसम्म लडिरहनेछौँ’ – आत्मसमर्पण गर्न रुसले दिएको चेतावनी युक्रेनद्वारा अस्वीकार « Khabarhub

‘अन्तिम सिपाहीसम्म लडिरहनेछौँ’ – आत्मसमर्पण गर्न रुसले दिएको चेतावनी युक्रेनद्वारा अस्वीकार


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनले मारिउपोल शहर आत्मसमर्पण गर्न रुसले दिएको चेतावनी अस्वीकार गरेको छ । युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले शहरलाई आत्मसमर्पण गर्ने वा हतियार बिसाउने सवाल नै नरहेको बताएकी हुन् ।

यसअघि रुसी फौजका जनरल मिखाइल मिजिन्त्सेभले मस्कोको समयअनुसार सोमबार बिहान ५ बजेभित्र मारिउपोलबाट युक्रेनी फौज र ‘भाडाका विदेशी लडाकु’ ले शहर छाडेर आत्मसमर्पण गर्न अल्टिमेटम दिएका थिए । यसो गरेको खण्डमा शहरमा फसिरहेका मानिसलाई सुरक्षित स्थानमा जान दिने रुसी प्रस्ताव थियो ।

हाल रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरमा ३ लाख भन्दा धेरै मानिसहरू फसिरहेको अनुमान गरिएको छ । यो शहरमा रुसी फौजले नियमित रुपमा भिषण गोलाबारी र हवाई आक्रमण गर्दै आएको छ ।

रुसी प्रस्ताव आएको केही घण्टापछि नै मारिउपोलका मेयरका सल्लाहका पिटर आन्द्रुशेन्कोले लड्न नछाड्ने अडान लिएका थिए । ‘हामी अन्तिम सिपाहीसम्म लडिरहनेछौं ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

रुसको बाचामा विश्वास गर्न नसकिने भन्दै उनले रुसी फौजले मारिउपोलका बासिन्दालाई जबरजस्ती रुस ओसारिरहेको आरोप समेत लगाए । रुसी फौजको चौतिर्फी घेराबन्दीमा परेको यस शहरमा बिजुली, इन्धन, खानेपानी जस्ता अत्यावश्यक सेवाको आपूर्ति बन्द रहेको बताइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १२ : ०५ बजे

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर– दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३-०८४ का

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग