‘अन्तिम सिपाहीसम्म लडिरहनेछौँ’ – आत्मसमर्पण गर्न रुसले दिएको चेतावनी युक्रेनद्वारा अस्वीकार « Khabarhub

‘अन्तिम सिपाहीसम्म लडिरहनेछौँ’ – आत्मसमर्पण गर्न रुसले दिएको चेतावनी युक्रेनद्वारा अस्वीकार


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनले मारिउपोल शहर आत्मसमर्पण गर्न रुसले दिएको चेतावनी अस्वीकार गरेको छ । युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले शहरलाई आत्मसमर्पण गर्ने वा हतियार बिसाउने सवाल नै नरहेको बताएकी हुन् ।

यसअघि रुसी फौजका जनरल मिखाइल मिजिन्त्सेभले मस्कोको समयअनुसार सोमबार बिहान ५ बजेभित्र मारिउपोलबाट युक्रेनी फौज र ‘भाडाका विदेशी लडाकु’ ले शहर छाडेर आत्मसमर्पण गर्न अल्टिमेटम दिएका थिए । यसो गरेको खण्डमा शहरमा फसिरहेका मानिसलाई सुरक्षित स्थानमा जान दिने रुसी प्रस्ताव थियो ।

हाल रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरमा ३ लाख भन्दा धेरै मानिसहरू फसिरहेको अनुमान गरिएको छ । यो शहरमा रुसी फौजले नियमित रुपमा भिषण गोलाबारी र हवाई आक्रमण गर्दै आएको छ ।

रुसी प्रस्ताव आएको केही घण्टापछि नै मारिउपोलका मेयरका सल्लाहका पिटर आन्द्रुशेन्कोले लड्न नछाड्ने अडान लिएका थिए । ‘हामी अन्तिम सिपाहीसम्म लडिरहनेछौं ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

रुसको बाचामा विश्वास गर्न नसकिने भन्दै उनले रुसी फौजले मारिउपोलका बासिन्दालाई जबरजस्ती रुस ओसारिरहेको आरोप समेत लगाए । रुसी फौजको चौतिर्फी घेराबन्दीमा परेको यस शहरमा बिजुली, इन्धन, खानेपानी जस्ता अत्यावश्यक सेवाको आपूर्ति बन्द रहेको बताइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १२ : ०५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस