विभिन्न मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ « Khabarhub

विभिन्न मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – बैंकिङ कसूर मुद्दा र बहुविवाह मुद्दाका फरार २ जना प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बाह्रदशी गाउँपालिका–२ का ४२ वर्षीय नर प्रसाद पनेरू र बहुविवाह मुद्दाका फरार प्रतिवादी अर्जुनधारा नगरपालिका–३ घर भएका २९ वर्षीय राजु श्रेष्ठ रहेका छन् ।

उनीहरूमध्ये नर प्रसाद पनेरूलाई उच्च अदालत पाटनले २०७७ माघ २० गते २ दिन कैद, ३ लाख ८७ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा १५ हजार ४ सय ८० रूपैयाँ जम्मा गर्नुपर्ने सजाय सुनाएको थियो ।

यस्तै, राजु श्रेष्ठलाई जिल्ला अदालत झापाको २०७५ कात्तिक २९ गते १ वर्ष २५ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १ : ३० बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने