युक्रेनमा युद्धविरामका लागि सकारात्मक प्रगति : टर्की « Khabarhub

युक्रेनमा युद्धविरामका लागि सकारात्मक प्रगति : टर्की


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टर्कीले रुस र युक्रेनबीच युद्धविरामका लागि सकारात्मक प्रगति भएको जनाएको छ । टर्कीका विदेशमन्त्री मेल्भत काभुसोग्लुले दुई मुलुकबीच समग्र युद्धविरामका विषयमा सहमति भएको र धेरै बुँदाहरू सहमतिनजिक पुगेको बताएका हुन् ।

युक्रेनमा जारी रुसी आक्रमणबीच यसअघि पनि विभिन्न समयमा एक दिने युद्धविराम भएका थिए र यसले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न सजिलो भएको थियो । मस्कोले अहिले पनि कतिपय भूभागमा बिहान ९ देखि बेलुका ९ बजेसम्म युद्धविराम गर्ने गरेको बताइएको थियो तर पनि त्यसको पालना भने भएको थिएन ।

उत्तरपश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न राजधानी किभ सारिएको बताइएको छ । रुसी सिमानानजिक रहेको दुई लाख ५० हजार जनसंख्या भएको शहर सुमीबाट हजारौँ नागरिक विस्थापित भएका छन् । यस शहरमा रुसले ठूला आक्रमण गर्ने गरेको छ ।

निरन्तरको आक्रमणले युक्रेनको जनजीवन अस्तव्यस्त भएको छ । यहाँका ठूलो संरचनाहरू हवाई आक्रमणमा ध्वस्त भएका छन् । सोही कारण युक्रेनले वार्तामा बस्नुअघि युद्धविराम हुनुपर्ने बताउँदै आएको छ । वार्ताका लागि टर्कीले पनि पहल गरेको जनाइएको छ ।

तर वार्ता निष्कर्षमा पुग्न भने सकेको छैन ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १ : ५२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस