युक्रेनमा युद्धविरामका लागि सकारात्मक प्रगति : टर्की « Khabarhub

युक्रेनमा युद्धविरामका लागि सकारात्मक प्रगति : टर्की


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टर्कीले रुस र युक्रेनबीच युद्धविरामका लागि सकारात्मक प्रगति भएको जनाएको छ । टर्कीका विदेशमन्त्री मेल्भत काभुसोग्लुले दुई मुलुकबीच समग्र युद्धविरामका विषयमा सहमति भएको र धेरै बुँदाहरू सहमतिनजिक पुगेको बताएका हुन् ।

युक्रेनमा जारी रुसी आक्रमणबीच यसअघि पनि विभिन्न समयमा एक दिने युद्धविराम भएका थिए र यसले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न सजिलो भएको थियो । मस्कोले अहिले पनि कतिपय भूभागमा बिहान ९ देखि बेलुका ९ बजेसम्म युद्धविराम गर्ने गरेको बताइएको थियो तर पनि त्यसको पालना भने भएको थिएन ।

उत्तरपश्चिममा इरपिनबुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न राजधानी किभ सारिएको बताइएको छ । रुसी सिमानानजिक रहेको दुई लाख ५० हजार जनसंख्या भएको शहर सुमीबाट हजारौँ नागरिक विस्थापित भएका छन् । यस शहरमा रुसले ठूला आक्रमण गर्ने गरेको छ ।

निरन्तरको आक्रमणले युक्रेनको जनजीवन अस्तव्यस्त भएको छ । यहाँका ठूलो संरचनाहरू हवाई आक्रमणमा ध्वस्त भएका छन् । सोही कारण युक्रेनले वार्तामा बस्नुअघि युद्धविराम हुनुपर्ने बताउँदै आएको छ । वार्ताका लागि टर्कीले पनि पहल गरेको जनाइएको छ ।

तर वार्ता निष्कर्षमा पुग्न भने सकेको छैन ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १ : ५२ बजे

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न नौ वटा संसदीय समितिको