बेल्जियममा जात्रामा सहभागीलाई कारले किच्दा ६ जनाको मृत्यु « Khabarhub

बेल्जियममा जात्रामा सहभागीलाई कारले किच्दा ६ जनाको मृत्यु


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेल्जियममा मानिसहरको भीडमा जथाभावी कार चलाउँदा ६ जनाको मृत्यु भएको छ । बेल्जियमको राजधानी ब्रसेल्सबाट ५० किलोमिटर दक्षिणमा रहेको स्ट्रेपी ब्राकोइनेश शहरमा घटना भएको हो ।

परम्परागत जात्रामा सहभागी भइरहेका मानिसहरको भीडमा तीब्र गतिमा गुडिरहेको कारले ठक्कर दिएको बताइएको छ । घटनामा अरु ४० जनाभन्दा धेरै घाइते भएका छन् ।

शहरका मेयर ज्याक्स गोबेरले जनाएअनुसार उक्त जात्रामा १५०–२०० जना सहभागी थिए । तीब्र गतिको कारले जात्रामा मानिसहरूलाई किच्दै १ सय मिटर परसम्म पुगेको बताइएको छ ।

घटनाको उद्देश्यबारे अनुसन्धान भइरहेको बताइएपनि घटना आतङ्कवादी आक्रमण भने नभएको प्रहरीले जनाएको छ । कारचालक र कारमा सवार केही मानिसहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताइएपनि उनीहरूको पहिचान भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  २ : १३ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर