पुटिनलाई शक्तिबाट हटाउन ‘विषालू षड्यन्त्र’ – उत्तराधिकारी पनि छनौट भइसकेको दाबी « Khabarhub

पुटिनलाई शक्तिबाट हटाउन ‘विषालू षड्यन्त्र’ – उत्तराधिकारी पनि छनौट भइसकेको दाबी


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसमा प्रभावशाली वर्गका मानिसहरुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई विष खुवाएर ‘शक्तिबाट हटाउने’ षड्यन्त्र रचेको युक्रेनी गुप्तचर निकायले दाबी गरेको छ । बेलायतबाट प्रकाशित हुने द मिरर पत्रिकाका अनुसार क्रेमलिनका प्रभावशाली व्यक्तित्वहरुले पुटिनलाई विष खुवाएर मार्ने षड्यन्त्र रचेको र उनको उनको उत्तराधिकारी पनि छानिसकेको जनाएको छ ।

युक्रेनी रक्षा मन्त्रालयको प्रमुख गुप्तचर निर्देशनालयका अनुसार ती व्यक्तिहरुले जारी युक्रेन युद्धबाट पछि हट्न र पश्चिमा मुलुकहरुसँग आर्थिक सम्बन्ध पुनस्थापना गर्नका लागि यस्तो षड्यन्त्र रचेका हुन् ।

निर्देशनालयलाई उद्धृत गर्दै मिररले जनाएअनुसार पुटिनको उत्तराधिकारीका रुपमा रुसी गुप्तचर निकाय एफएसबीका निर्देशक ओलेक्जाण्डर बोर्त्निकोभलाई छनौट गरिएको छ ।

क्रेमलिनका प्रभावशालीहरुले युक्रेनमा जारी युद्ध र यसको प्रतिक्रियास्वरुप पश्चिमा देशहरुले आर्थिक प्रतिबन्ध लगाएपछि उत्पन्न परिस्थिती प्रति असन्तुष्टि समेत जनाइरहेको बताइएको छ ।

‘बोर्त्निकोभ र रुसी उच्च वर्गका अरु प्रभावशाली प्रतिनिधिहरुले पुटिनलाई शक्तिबाट हटाउने विषयमा सोचिरहेको स्पष्ट छ ।’ युक्रेनी गुप्तचर निर्देशनालयले जनाएको छ, ‘खासगरी विष, अकस्मात रोग वा अरु कुनै ‘संयोग’ लाई नजरअन्दाज गर्न सकिन्न ।’

(द मिररबाट)

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ३ : ४५ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर