कान्ति बाल अस्पतालद्वारा बच्चाहरुको लागि छातीरोग सम्बधि उपचार सुरु « Khabarhub

कान्ति बाल अस्पतालद्वारा बच्चाहरुको लागि छातीरोग सम्बधि उपचार सुरु


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कान्ति बाल अस्पतालले बच्चाहरुको लागि छातीरोग सम्बन्धी उपचार (पेडियाट्रिक पल्मोनोलोजी ओपिडी) सुरु गरेको छ । पेडियाट्रिक पल्मोनोलोजी एण्ड इन्टेन्सिभ केयरमा डीएम गरेका नेपालकै पहिलो पेडियाट्रिक पल्मोनोलोजिष्ट डा जगतजीवन घिमिरे नेतृत्वको टोलीले यो सेवा सुरु गरेको हो ।

कान्तिमा यसअघि सामान्य रुपमा दम क्लिनिक सञ्चालन थियो । अब भने बच्चाहरुको पल्मोनोलोजी सम्बन्धि सबै उपचार हुनेछ ।

 हामीले पेडियाट्रिक पल्मोनोलोजी ओपिडी सुरु गरेका छौँ । यसअघि दमको मात्रै जाँच हुन्थ्यो । त्यो भनेको पल्मोनोलोजी भित्रको एउटा स्वास्थ्य समस्या भयो । अब पल्मोनोलोजी भित्र पर्ने सबै स्वास्थ्य समस्याको निदान तथा उपचार हुन्छ,’ डा घिमिरेले भने ।

उनले पल्मोनोलोजी ओपिडी अन्तर्गत अर्को महत्वपूर्ण मानिने ब्रोन्कोस्कोपिक सेवा पनि छिटै सुरु गर्ने बताए ।

 अहिले चलिरहेको पीआईसीयूमा समेत थप उपकरण राखेर अझ व्यवस्थित गर्न लागेको समेत जानकारी डा घिमिरेले दिए । उनले  ओपिडीमा बच्चामा हुने दम, निमोनिया, सास फेर्न गाह्रो हुने, निद्राको समस्या, निद्रामा घुर्ने लगायतका छातीरोग सम्बन्धी सबै उपचार हुने  बताए ।

आज देखि सुरु भएको पेडियाट्रिक पल्मोनोलोजी ओपिडी अहिले हप्तामा दुई दिन सोमबार र बिहीबार सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ४ : २७ बजे

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौं – न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न

बालेन भन्छन्ः म नेपाल हाँसेको हेर्न चाहन्छु

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूले नेपाल हाँसेको

नेकपाको बन्दसूचीमा मित्र परियारदेखि पञ्चा सिंहसम्म

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले यसअघिसम्म मन्त्री