श्रीलंकामा इन्धन भर्न लाइनमा बसेका दुई जनाको मृत्यु « Khabarhub

श्रीलंकामा इन्धन भर्न लाइनमा बसेका दुई जनाको मृत्यु


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकामा इन्धन भर्न लाइनमा पालो कुरिरहेका बेला दुई जनाको मृत्यु भएको छ । अत्यावश्यक वस्तुको चरम अभाव र अकाशिदो मूल्य वृद्धिले देशभर कठिनाइ निम्तिएका बेला पछिल्लो घटना सार्वजनिक भएको हो ।

अन्दाजी ७० वर्षका उनीहरु देशका छुट्टाछुट्टै ठाउँमा पेट्रोल र मट्टितेल भर्ने लाइनमा पालो कुर्दाकुर्दै ढलेको प्रहरी प्रवक्ता नलिन थलदुवाले जानकारी दिए ।

केही सातादेखि श्रीलंकामा तेल भर्न घन्टौँसम्म मानिसहरु पेट्रोल पम्पमा पालो कुरेर बसेका देखिन्छन् । श्रीलंका सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा खराब आर्थिक संकटसँग जुधिरहेको छ ।

देशमा अत्यावश्यक वस्तुको आपूर्ति घटिरहेको छ । विदेशी मुद्राको अभावसँगै अत्यावश्यक वस्तुको आयात समेत घटेको छ । यसअघि छाप्ने कागजको अभावमा सरकारले विद्यालयको परीक्षा अनिश्चतकालका लागि रद्द गरेको थियो । परीक्षा रद्द हुँदा लाखौँ मानिस प्रभावित भएका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ४ : ३० बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज