श्रीलंकामा इन्धन भर्न लाइनमा बसेका दुई जनाको मृत्यु « Khabarhub

श्रीलंकामा इन्धन भर्न लाइनमा बसेका दुई जनाको मृत्यु


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकामा इन्धन भर्न लाइनमा पालो कुरिरहेका बेला दुई जनाको मृत्यु भएको छ । अत्यावश्यक वस्तुको चरम अभाव र अकाशिदो मूल्य वृद्धिले देशभर कठिनाइ निम्तिएका बेला पछिल्लो घटना सार्वजनिक भएको हो ।

अन्दाजी ७० वर्षका उनीहरु देशका छुट्टाछुट्टै ठाउँमा पेट्रोल र मट्टितेल भर्ने लाइनमा पालो कुर्दाकुर्दै ढलेको प्रहरी प्रवक्ता नलिन थलदुवाले जानकारी दिए ।

केही सातादेखि श्रीलंकामा तेल भर्न घन्टौँसम्म मानिसहरु पेट्रोल पम्पमा पालो कुरेर बसेका देखिन्छन् । श्रीलंका सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा खराब आर्थिक संकटसँग जुधिरहेको छ ।

देशमा अत्यावश्यक वस्तुको आपूर्ति घटिरहेको छ । विदेशी मुद्राको अभावसँगै अत्यावश्यक वस्तुको आयात समेत घटेको छ । यसअघि छाप्ने कागजको अभावमा सरकारले विद्यालयको परीक्षा अनिश्चतकालका लागि रद्द गरेको थियो । परीक्षा रद्द हुँदा लाखौँ मानिस प्रभावित भएका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ४ : ३० बजे

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा