पाँचथरको तुम्बेवास्थित खानेपानी आयोजनाको प्रधानमन्त्रीबाट उद्घाटन « Khabarhub

पाँचथरको तुम्बेवास्थित खानेपानी आयोजनाको प्रधानमन्त्रीबाट उद्घाटन


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचथरको तुम्बेवामा निर्माणाधीन बृहत् पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गरेका छन् ।

सोमबार तुम्बेवा गाउँपालिका–३ मौवा बजारस्थित इन्द्राणी माध्यमिक विद्यालयमा निर्माण गरिएको धारा खोलेर प्रधानमन्त्री देउवाले आयोजनाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वच्छ खानेपानी र सरसफाइको सुविधा आम नागरिकसम्म पु¥याउनु सरकारको दायित्व रहेको बताए ।

उनले खानेपानीको अभाव अन्त्य गर्न स्थानीयस्तरका मुहानमा आधारित साना र मझौला आयोजना निर्माणमा जोड दिनुपर्ने पनि बताए ।

प्रधानमन्त्री देउवाले चालु १५ औँ पञ्चवर्षीयको अन्त्यसम्ममा ९९ प्रतिशत नागरिकलाई आधारभूत खानेपानी उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताए ।

तुम्बेवा गाउँपालिका वडा नं. १, २ र ३ का एक हजार ६ सय ४ घरधुरीमा खानेपानी पु¥याउने उद्देश्यका साथ आङ्ना मौवा बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण भइरहेको छ ।

संघीय खानेपानी तथा ढल निकास आयोजना इलामका प्रमुख सुरतलाल चौधरीका अनुसार एक हजार ६०४ घरधुरीमध्ये हालसम्म ९०४ घरधुरीमा पाइपलाइन विस्तार भएको छ ।
त्यस्तै, मौवा बजारका करिब ४० घरमा खानेपानी वितरण सुरुवात भएको छ ।

चौधरीका अनुसार आयोजनाको हालसम्म करिब ९५ प्रतिशत भौतिक प्रगति हासिल भए पनि उपभोक्ता समिति, तुम्बेवा गाउँपालिका तथा अन्य सरोकारवालाको आग्रहमा आयोजनाको उद्घाटन गरिएको हो ।

असार २०७४ बाट आयोजना निर्माण थालिएको थियो । ४५ करोड २० लाख नौ हजार ४०६ रुपैयाँको लागतमा आयोजना निर्माण भइरहेको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ५ : ०५ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२