अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो « Khabarhub

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । नेपालले भने यो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।

दिवसका अवसरमा विभिन्न संघ संस्थाले संयुक्त रुपमा काठमाडौँको भृकुटिमण्डपदेखि शान्तिबाटीकासम्म प्रभात फेरीको आयोजना गरेका थिए । प्रभातफेरीपछि आयोजित सभामा सरोकारवालाहरुले जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुने बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय विभेद उन्मूलन दिवस मनाउन थालेको दुई दशक पुग्दा विभेद उन्मूलनका लागि प्रभावकारी काम गर्नुपर्ने बताए । दलित समुदायका व्यक्तिमाथि अझैपनि कुनै न कुनै रुपको विभेद भइरहेको उनको भनाइ छ ।

जातिय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि जातीय भेदभाव तथा छुवाछुतका घटना भइरहेका छन् । २०६२/६३ सालको जनआन्दोलन पछि पुनस्थापित संसद्ले २०६३ साल जेष्ठ १६ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । तर अहिले पनि छुवाछुतका घटना हुने गरेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ५ : ०५ बजे

एसइई परीक्षा : सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु

किमाथांका– सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु

खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ

काठमाडौं– इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री,

प्रमुख प्रतिपक्षी कांग्रेसले आगामी मंगलबार दलको नेता छान्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि

वैदेशिक रोजगारीमा ७३ लाख बढी ठगी गर्ने चार पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै अवैध रूपमा

गोरखा सहकारीका अध्यक्षसहित ४ जना समातिए, पौने ४ अर्ब बचत हिनामिना आरोप

काठमाडौं- ललितपुरको ताल्छिखेलस्थित गोरखा सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका अध्यक्ष