बेलायती प्रधानमन्त्रीले युक्रेनको भ्रमण गर्ने « Khabarhub

बेलायती प्रधानमन्त्रीले युक्रेनको भ्रमण गर्ने


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी हमलाको चपेटामा परेको युक्रेनको भ्रमण गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादमिर पुटिनविरुद्ध युक्रेनको समर्थन जनाउन प्रधानमन्त्री जोनसनले युक्रेन भ्रमण गर्न लागेका हुन् ।

उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न युक्रेनको राजधानी किभको यात्राको व्यावहारिकता र जोखिम जाँच गर्न अधिकारीहरुलाई अनुरोध गरेका छन् ।

सुरक्षा अधिकारीहरूले प्रधानमन्त्रीको युद्धक्षेत्रमा यात्रा गर्ने सम्भावनालाई ‘निकै डरलाग्दो’ भएको बताएका छन् । सुरक्षाको अनुभूति भए जोनसनले भ्रमण गर्न सक्ने विवरणहरुमा जनाइएको छ ।

यद्यपि उनले युक्रेन भ्रमण गर्ने समयतालिका भने सार्वजनिक गरिएको छैन । गत फेब्रुअरी २४ देखि रुसले आक्रमण थालेयता किभमा नियमितजसो गोलाबारी र हवाई आक्रमण हुँदै आएका बेला जोनसनले युक्रेनको भ्रमण गर्न लागेको समाचार आएको हो ।

केही दिनअघिमात्रै पोल्याण्ड, स्लोभिनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरुले रेलमार्गको यात्राबाट किभ पुगेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ६ : २१ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर