सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गहरूको समस्या समाधान गर्न प्रचण्डद्वारा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण | Khabarhub Khabarhub

सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गहरूको समस्या समाधान गर्न प्रचण्डद्वारा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सशस्त्र द्वन्द्व (जनयुद्ध)का घाइते तथा अपांगता भएका व्यक्तिहरूको समस्या समाधानका लागि आग्रह गरेका छन् ।

आज बिहान (मंगलबार) वीर अस्पतालमा उपचारत काभ्रे महाभारत गाउँपालिका-६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त रानालाई भेटेका प्रचण्ड लगत्तै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

देउवासँगको भेटमा प्रचण्डले अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि संशोधन गर्नुपर्ने, लगत संकलन कार्यदलमा सूचीकृत हुन छुटेकाहरूको सूचीकृत गर्ने, सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र वितरण गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन जनजाति आन्दोलनलगायत प्रगतिशील आन्दोलनमा शहीद भएकाहरूको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने, जनयुद्धका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरूलाई सम्मानपत्रसहित राहत उपलब्ध गराउनुपर्ने माग गरिएको छ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ११ : ४६ बजे

डेढ करोड बढीमा बनेको पशु अस्पताल अलपत्र

नवलपरासी– नवलपरासीको सुनवल‐२ रजहवामा एक करोड ५१ लाखको लागतमा निर्माण

राज्यविरुद्धको कसुरमा टिकाराम भुसालमाथि अनुसन्धान सुरु

काठमाडौं–  नेपालको संविधानको विरोध गरेको आरोपमा माइतीघरबाट यही असोज ३

प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क– प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त

‘लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’

एजेन्सी– संयुक्त राष्ट्र सङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार

घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन

काठमाडौं– तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका