रुसमा फेसबुकको माउ कम्पनी मेटा ‘अतिवादी गतिविधि’ का लागि दोषी ठहर « Khabarhub

रुसमा फेसबुकको माउ कम्पनी मेटा ‘अतिवादी गतिविधि’ का लागि दोषी ठहर


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसको एक अदालतले फेसबुकको माउ कम्पनी मेटालाई ‘अतिवादी गतिविधि’ मा दोषी रहेको ठहर गरेको छ । राजधानी मस्कोस्थित त्र्भेस्कोयी जिल्ला अदालतले प्रेस विज्ञप्ति जारी गर्दै रुसमा मेटाको गतिविधिलाई बन्द गर्न माग गर्दै रुसी अभियोजनकर्ताहरुले दायर गरेको मुद्दामाथि सुनवाई गर्दै यस्तो ठहर गरेको हो ।

यसअघि रुसी अभियोजनकर्ताहरुले रुसविरुद्ध घृणा फैलाउने एवम् रुसी नागरिकविरुद्ध हिंसात्मक टिप्पणीलाई छुट दिने मेटाको कदम अतिवादी रहेको उल्लेख गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । यससँगै अदालतले रुसमा मेटाका सामाजिक सञ्जालमाथि लगाइएका प्रतिबन्धलाई पनि सदर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसमाथि विभेद गरेको र घृणा फैलाएको भन्दै त्यहाँ यसअघि नै मेटाका सामाजिक सञ्जालहरु फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाइएको छ । यद्यपि अदालतको पछिल्लो फैसलाले मेटाको अर्को सामाजिक सञ्जाल ह्वाट्सएपमा भने कुनै असर नपर्ने रोयटर्सले जनाएको छ । फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लागेपनि त्यहाँ ह्वाट्सएप भने चलिरहेको बताइएको छ ।

यस्तै, रुसको सञ्चार नियामक निकाय रोस्कोम्नाद्जोरले रुसमा सञ्चालित विदेशी इन्टरनेट कम्पनीको सूचीबाट मेटालाई हटाउने र सामाजिक सञ्जालका रुपमा फेसबुक र इन्स्टाग्रामको दर्तालाई पनि खारेज गर्ने बताएको छ ।

अदालतको फैसलाविरुद्ध उपल्लो अदालतमा पुनरावेदन गर्न सक्ने भएपनि मेटाले यसबारे केही टिप्पणी गरिसकेको छैन ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १२ : ५३ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर