पोल्याण्डप्रति रुसी पूर्व राष्ट्रपति मेद्भदेभको क्रुद्ध टिप्पणी « Khabarhub

पोल्याण्डप्रति रुसी पूर्व राष्ट्रपति मेद्भदेभको क्रुद्ध टिप्पणी


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसका पूर्व राष्ट्रपति दिमित्री मेद्भदेभले रुससँग आर्थिक सम्बन्ध तोड्ने पोल्याण्डको निर्णयविरुद्ध क्रुद्ध टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल टेलिग्राममार्फत् विज्ञप्ति जारी गर्दै उनले पोल्याण्ड अमेरिकाको कठपुतली बनेको समेत आरोप लगाए ।

हाल रुसी सुरक्षा परिषद्को उपाध्यक्ष समेत रहेका मेद्भदेभले अमेरिकी राष्ट्रपति जो बाइडनले ‘वृद्ध पागलपन’ को ‘स्पष्ट लक्षण’ देखाएको समेत उल्लेख गरेका छन् ।

पोल्याण्डका ‘तुच्छ राजनीतिज्ञ’ र ‘वृद्ध पागलपनको स्पष्ट लक्षण देखाउने महासागर पारीका कठपुतली नचाउने’ को रुसप्रति घृणाका कारण पोलिश नागरिकको हित ‘बलिदान भएको’ उनको भनाइ छ ।

उनले लेखेका छन्– ‘रुसी ग्यास, कोइला र तेल नकिन्ने, नोर्ड स्ट्रिम २ पाइपलाइनको विरोध गर्ने निर्णयले यो मुलुकको अर्थतन्त्रमा गम्भीर हाली पुर्‍याएको छ । अब यो अझ खराब बन्दै जानेछ ।’

पोलिश प्रोपागाण्डाले रुसको खेदो खन्ने गरेको र यसले अत्यन्त ‘अशिष्ट, अभद्र र तीक्ष्ण’ शैलीमा रुसको निन्दा गर्ने गरेको मेद्भेदेभको भनाइ छ ।

४ सय वर्षअघि पोलिश अधिनस्थीहरुलाई मस्कोबाट लखेटेको स्मरण गर्दै उनले धेरै शताब्दीको आन्तरिक झगडा, भ्रष्टाचार, आर्थिक खराबी र हारेका युद्धको परिणामका कारण पोल्याण्डको यो हविगत भएको समेत टिप्पणी गरे ।

युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साता पोल्याण्डको भ्रमण गर्न लागेका बेला रुसी पूर्व राष्ट्रपतिको यस्तो क्रुद्ध टिप्पणी सार्वजनिक भएको हो ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ७ : ०७ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र