चलचित्र निर्देशकको गुनासोः कलाकारहरूले पीडा बुझिदिएनन् | Khabarhub Khabarhub

चलचित्र निर्देशकको गुनासोः कलाकारहरूले पीडा बुझिदिएनन्


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक एभरेष्ट सूर्य बोहोराले आफूले फिल्म प्रमोसनको समयमा कलाकारहरूबाट साथ नपाएको भन्दै गुनासो गरेका छन् ।

’मैले फिल्ममा अनुबन्धित गर्दा अब सम्झौतामा प्रमोसन अनिवार्य गर्ने वा प्रमोसन पश्चात् पैसा दिने गर्नु पर्ने रैछ । आफ्नो सम्पूर्ण भुक्तानी पाएपछि फिल्म प्रति कलाकारको कुनै भावना नरहने रैछ’ निर्देशक बोहोराले भने ।

आउँदो चैत्र १८ गतेबाट प्रदर्शनमा आउने फिल्मको पत्रकार भेटघाटमा बोल्दै उनले अभिनेत्री प्रियंका कार्की, दीपिका प्रसाईं र अभिनेता विल्सन विक्रम राईले विभिन्न बहाना बनाएर फिल्म प्रमोसनमा साथ नदिएको बताए ।

‘फिल्मको इभेन्टमा बोलाउँदा बारम्बार पनि आउनु हुन्न । हरेको पटक फरक फरक बहाना हुन्छ’ निर्देशक बोहोराले कार्यक्रममा भने, ‘एउटा निर्देशकलाई कलाकार प्रचारप्रसारमा नआउँदा कस्तो असर पर्छ ? यो उहाँहरूले पनि सोच्नु पर्ने हो ।’ उनले दीपिका पनि निर्देशक दिवाकर भट्टराईकै श्रीमती भएकाले आफ्नो पीडा दिवाकरले बुझ्नुपर्ने धारणा राखे ।

‘भोलि दिवाकरजीको फिल्ममा पनि नायिका प्रमोसनमा आउनु भएन भने मेरो पीडा बुझ्नु हुन्छ होला । अब हामीले आग्रह गर्ने हो । अरु त के नै गर्न सकिन्छ र ?’ निर्देशक बोहोराले गुनासो गरे ।

फिल्ममा दीपिका र प्रियंकाको भूमिका महत्वपूर्ण भएको पनि उनले बताए । चैत्र १८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा ‘मर्डर मिस्ट्री’ सँगै बदला र मित्रताको कथा देखाइएको छ ।

कार्यक्रममा निर्मात्री सृजना जोशीले फिल्म निर्माणमा कुनै सम्झौता नगरिएको बताइन् । ‘हामीले राम्रो फिल्म बनाउन कुनै सम्झौता गरेनौँ । तर, एक्ट्रेसबाट हामीले सहयोग पाएनौँ । हामी नेपाली फिल्मको स्तरीयता बढाउन आएका हौँ’ उनले भनिन् । सृजना झैँ फिल्मका निर्देशक एभरेष्ट सूर्य बोहोराले आफ्नो ड्रिम प्रोजेक्ट भएको बताए ।

‘मैले यो कथामा फिल्म बनाउने तयारी सन् २०१२ मा गरेको थिएँ । मुहुर्त पनि गरेको थिएँ । यद्यपी विविध कारणले फिल्म बन्न सकेन’ निर्देशक बोहोराले भने । फिल्ममा सेन्ट्रल क्यारेक्टरमा विक्रम जोशी छन् । बिक्कीको उपनामले समेत परिचित विक्रमले अभिनयमा ह्याप्पी डेज मार्फत् डेब्यु गरेका थिए । नेपाल र बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको फिल्मलाई बोहराले निर्देशन गरेका छन् । फिल्ममा विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सबिता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय पनि रहेको छ ।

हिराल जोशी र बिक्रम जोशी निर्मातामा रहेको फिल्ममा सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेकी छिन् । निर्देशक बोहरा र बिक्रम जोशीको कथा रहेको फिल्ममा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथासँगै सम्वादमा रहेको छ ।

फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको छ भने प्रमोद खरेल, प्रताप दास, प्रबिशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको पाश्र्वगायन छ । यसमा पुरुषोत्तम प्रधानको छायांकन, सम्राट बस्नेतको द्वन्द निर्देशन र मित्र डि. गुरुङको सम्पादन रहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ११ : ४२ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी