रुसले कहिले आणविक हतियार प्रयोग गर्छ ? पुटिनका प्रवक्ता यसो भन्छन् « Khabarhub

रुसले कहिले आणविक हतियार प्रयोग गर्छ ? पुटिनका प्रवक्ता यसो भन्छन्


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसले आणविक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएको छ । युक्रेनमा जारी रुसी आक्रमणको सन्दर्भमा क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले मुलुकको अस्तित्वमाथि नै खतरा आएमा रुसले आणविक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका हुन् ।

पेस्कोभले भने, ‘हामीसँग घरेलु सुरक्षाको अवधारणा छ र यो सार्वजनिक छ । आणविक हतियार प्रयोग गर्न सक्ने सबै अवस्थाहरु पढ्न सक्नुहुन्छ । तसर्थ, हाम्रो देशको अस्तित्वमाथि खतरा भएमा हाम्रो अवधारणा अनुसार यसलाई प्रयोग गर्न सकिन्छ ।’ सीएनएन इन्टरनेसनलसँगको एक अन्तरवार्तामा उनले भने । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सन्दर्भमा आणविक विकल्प प्रयोग गर्दैनन् भन्नेमा ‘विश्वस्त’ हुनुहुन्छ भन्ने सिएनएनका प्रश्नमा पेस्कोभको सो भनाई आएको हो ।

युक्रेन हमलाका क्रममा रुसी सेनाले आम विनाशकारी हतियार प्रयोग गर्न सक्ने चिन्ता व्यक्त हुँदै आएका छन् । युक्रेन आक्रमणको सुरुआती दिनहरुमा पुटिनले आफ्नो मुलुकको आणविक बललाई तैनाथ रहन निर्देशन दिएका थिए ।

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ११ : ४९ बजे

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न नौ वटा संसदीय समितिको

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा भारी वर्षाको सम्भावन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली