दुर्घटनाग्रस्त विमानको ब्लाक बक्स भेटियो | Khabarhub Khabarhub

दुर्घटनाग्रस्त विमानको ब्लाक बक्स भेटियो


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा गत सोमबार दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स फेला परेको छ । एक सय ३२ जना सवार विमान दक्षिणी चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो । चाइना इष्ट्रन एअरलाइन्सको बोइङ ७३७ विमान चीनको गुआङ्सी प्रान्तको वुझोउ शहर नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

पहाडको जंगली एवम् ग्रामीण क्षेत्रमा दुर्घटना भए पनि दुर्घटना लगत्तै उद्धार टोलीहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए ।

यद्यपि वर्षा र हिलो कारण  उद्धारकर्ताहरुले बुधबार मात्रै विमानको ब्ल्याक बक्स फेला पारेको जनाइएको छ । दुर्घटनामा भएको मानवीय क्षतिको औपचारिक विवरण भने हालसम्म सार्वजनिक भएको छैन । यद्यपि दुर्घटनामा कोही पनि जीवित नरहेको ठानिएको छ ।

विमान बेपत्ता हुनुमा मौसम सम्बन्धी कारण नभएको पनि सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् । घटनास्थलमा पुगेको उद्धारकर्ताहरुले पनि औपचारिक र आधिकारिक रुपमा घटनाका बारेमा विस्तृत जानकारी दिएका छैनन्

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ३ : ४४ बजे

जंगली हात्ती दिउँसै बस्तीमा पसेपछि…

कञ्चनपुर– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित जाई–पर्सिया गाउँमा दिउँसै जंगली हात्ती

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी

पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा

कार्यस्थलमा छैन स्तनपान कक्ष

चितवन– सरकारले सुत्केरी महिलाका लागि तीन महिना बिदा दिने गरेको

ताप्लेजुङको लामपोखरी पर्यटकको पर्खाइमा

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखो गाउँपालिका- ५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा