भारतको सहयोगमा विराटनगरमा निर्मित गुरुकुल नाट्यशालाको उद्घाटन « Khabarhub

भारतको सहयोगमा विराटनगरमा निर्मित गुरुकुल नाट्यशालाको उद्घाटन


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– भारत सरकारको सहयोगमा मोरङको विराटनगरमा निर्मित आरोहण–गुरुकुल नाट्यशाला भवनको उद्घाटन गरिएको छ ।

विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज नाट्यशाला भवनको उद्घाटन गरेका हुन् ।

शिक्षा–संस्कृति क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा आरोहण–गुरुकुल नाट्यशाला निर्माण गरिएको हो ।

नेपाली रुपैयाँ ३ करोड ५१ लाखको लागतमा निर्माण गरिएको यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इन्डिया एट ७५ आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरूमध्येको एक हो ।

आरोहण–गुरुकुल नाट्य समूहले नेपाली रंगमञ्चको प्रबर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ । साथै, नयाँ दिल्लीस्थित नेशनल स्कूल अफ ड्रामा लगायत भारतका विभिन्न नाट्य समूहसँग पनि यो समूहको सुमधुर सम्बन्ध रहँदै आएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ४ : १० बजे

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर