युक्रेनमा रुसी आक्रमणका कारण इन्डोनेसियामा चाउचाउको अभाव « Khabarhub

युक्रेनमा रुसी आक्रमणका कारण इन्डोनेसियामा चाउचाउको अभाव


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युद्ध प्रायः युद्धरत पक्षहरूमा मात्र सीमित रहँदैन । यसले लडाईबाट टाढा रहेका देशहरूमा समेत विभिन्न समस्याहरू निम्त्याउँछ । उदाहरणका लागि युक्रेन र रुसबीचको लडाइँका कारण उत्पन्न तेलमा मूल्यवृद्धिको असर विश्वभर महशुस गरिएको छ ।

रुसद्वारा युक्रेनमा जारी आक्रमणको असर युद्ध क्षेत्रबाट धेरै टाढा रहेको इन्डोनेसियामा पनि देखिएको छ । युक्रेन द्वन्द्वले इन्डोनेसियामा प्रतिष्ठित र अत्यधिक लोकप्रिय ‘इन्डोमी’ चाउचाउको अभाव देखिएको हो ।

युक्रेन इन्डोनेसियामा गहुँको सबैभन्दा ठूलो आपूर्तिकर्ता मुलुक हो र रूसी आक्रमणपछि युक्रेनी बन्दरगाहहरूमा गतिविधि निकै सुस्त भएको छ ।

यसैकारण गहुँको पिठोबाट उत्पादन हुने इन्डोमी चाउचाउको उत्पादन प्रभावित भएको बताइएको छ । इन्डोमी ब्रान्डले इन्डोनेसियामा तयारी चाउचाउको अवधारणालाई पहिलो पटक परिचय र लोकप्रिय बनाएको बताएको छ ।

यो चाउचाउ इन्डोनेसियाली समाजको हरेक क्षेत्रमा लोकप्रिय रहेको बताइन्छ । विद्यार्थीहरूदेखि छिटो खाजा खान चाहनेहरुले पनि यही चाउचाउ रुचाउँछन् ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ६ : १८ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका