ताप्लेजुङको सिरीजङ्घामा नवनिर्मित संरचनाहरूको उद्घाटन « Khabarhub

ताप्लेजुङको सिरीजङ्घामा नवनिर्मित संरचनाहरूको उद्घाटन


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– खानेपानी मन्त्री उमाकान्त चौधरीले स्वच्छ र शुद्ध खानेपानी आम नागरिकसमक्ष पुर्‍याउन सरकारले पानीको श्रोत संरक्षणको नीति लिएको बताएका छन् ।

आज ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित–३ मा रहेको हाप्पु खोला खानेपानी आयोजनाको स्किम नं. १, २ र ३ को उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

उनले सरकारले एक घर एक धाराको नीतिलाई अघि सारेको पनि बताए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ४ करोड ९५ लाख ७१ हजार रुपैयाँको लागतमा निर्माण गरिएको यो खानेपानी आयोजनाबाट गाउँपालिकाको २ नम्बर वडाका दुई सय ३५ घरधुरीका एक हजार चार सय १० जना लाभान्वित भएका छन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कँडेलले खानेपानी आयोजनाबाट हिमाली जिल्ला ताप्लेजुङका ग्रामिण बासिन्दा लाभान्वित भएको बताए ।
त्यसैगरी, खानेपानी मन्त्री चौधरीले बुधबार नै सिरीजङ्घा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरे ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टीका गुरुङ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङलगायत सहभागी थिए ।

२०७५ सालमा शिलान्यास भई गत पुस महिनामा निर्माण सम्पन्न भएका ९ वटा संरचनाको मन्त्री चौधरीले उद्घाटन गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।
त्यसअवसरमा नवनिर्मित संरचनाहरू प्रमुख प्रशासकीय भवन, पावर हाउस, अतिथि गृहसहित ९ वटै संरचनाको मन्त्री चौधरीले अवलोकन गरेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ११ : १२ बजे

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन् – लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको