उद्धारको पर्खाइमा साउदीमा अलपत्र १२६ नेपाली « Khabarhub

उद्धारको पर्खाइमा साउदीमा अलपत्र १२६ नेपाली

पीडित भन्छन् : म्यानपावर सञ्चालकले झुक्याए



दोहा- रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र परेका १२६ नेपाली युवाको अझै उद्धार हुनसकेको छैन्। काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत ५० दिनअघि उनीहरू साउदी पुगेका थिए।

अलपत्र कामदारले सम्झौता अनुसारको काम र तलब नपाएपछि करिव १८ दिनदेखि उद्धारको पर्खाइमा बसेका छन्। अलपत्र परेकामध्ये एक विनोद दहालका अनुसार अहिलेसम्म उनीलाई म्यानपावर सञ्चालकले आश्वासन मात्र दिएको छ। उनीहरुलाई ब्लु ग्यालेक्सीले चर्को शुल्क लिएर साउदीस्थित इस्टन कन्टक्सन मेनटीनेन्स कम्पनीमा पठाएको थियो।

ब्लु ग्यालेक्सीका रमेश अमगाइन र हिमहरि अर्याललाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर उनीहरू साउदी पुगेका थिए। ब्लु ग्यालेक्सीले साउदी आर्मी क्याम्पभित्र क्लिनर र गार्डेनको कामका लागि भनेर साउदी पठाएको थियो। तर, त्यहाँ पुगेपछि सडक सरसफाइको काममा लगाएको उनीहरूले गुनासो गरेका छन्।

यसअघि मेनपावरका संचालक अर्यालले केही नेपालीलाई स्वदेश फर्काएको र बाँकी रहेका नेपालीको समस्या समाधान गर्न आफू चाँडै साउदी जान लागेको बताएका थिए। मिडियामा बोल्नेलाई मात्र स्वदेश फर्काएर आफूहरुलाई सौतेनी आमाको व्यवहार गरेको पीडितको गुनासो छ।

‘हामी करिव दुई महिना भयो यहाँ आएको मेनपवारले राम्रो कम्पनी भनेर पठाएको थियो, तर यहाँ आइपुगेपछि सम्झौता अनुसारको काम र तलब पाएनौ’, अर्का युवा सुजन तामाङले भने, ‘जो टाठो बाठो थिए उनीहरु नेपाल फर्किसके, हामी सोझा साझालाई म्यानपारवले वेवास्था गरेको छ।’

म्यानपावर संचालक अर्यालले आफूलाई आज आउछु, भोली आउछु भन्दै हप्तौ दिनसम्म पनि नआएको उनीहरुको भनाइ छ। विगत १८ दिनदेखि उद्धारको पर्खाइमा रहेका उनीहरु क्याम्प नम्बर १७ मा २८ जना र क्याम्प नम्बर १८ मा ९८ जना सबेका छन्।

लामो समयदेखि काम बिहीन भएर बस्दा खानाको लागि समस्या भएको भन्दै उनीहरुले तत्काल उद्धार गरिदिन सम्बन्धित निकायलाई अनुरोध गरेका छन्।

नाम मात्रको दूतावास

पीडितले रियादस्थित नेपाली दूतावासलाई पनि पटक–पटक आफूहरु समस्यामा परेको भन्दै उद्धारको अपिल गरेका छन्। तर, कुनै सुनुवाइ नभएको उनीहरुको गुनासो छ।

समस्यामा परेका नेपालीलाई सहयोग गर्न खोलिएको दूतावास आफूहरु समस्यामा पर्दा पनि मुखदर्शक भनेको उनीहरुले आरोप छ।

अलपत्र परेका नेपाली अहिले अलिअलि भएको पैसाले सुक्खा रोटी र पानी पिएर रातदिन कटाइरहेका छन्।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ८ : ०३ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल