दुर्गम गाउँमा आयुर्वेदिक क्लिनिक « Khabarhub

दुर्गम गाउँमा आयुर्वेदिक क्लिनिक


६ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा । बागलुङको जैमिनी नगरपालिकाले गाउँघर आयुर्वेदिक क्लिनिक शुरु गरेको छ । आयुर्वेदिक औषधालयको पहुँच नपुगेको जैमिनी–९ पैञ्युथन्थापमा गाउँघर क्लिनिक शुरु गरिएको हो ।

शनिबार पहिलो पटक सञ्चालन गरिएको क्लिनिकमा एक सय बिरामीले सेवा लिएका छन् । क्लिनिकमा आउने बिरामीलाई निःशुल्क स्वास्थ्य परीक्षण र औषधिको व्यवस्था गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ ।

प्रत्येक महिना ५ गते सञ्चालन हुने गरी गाउँघर क्लिनिक शुरु भएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताउनुभयो ।

जैमिनी–२ मा रहेको दमेक आयुर्वेद औषधालयले क्लिनिकमा प्राविधिक सहयोग गर्नेछ । क्लिनिकमा उपचारका लागि आउने बिरामीका निम्ति औषधि र अन्य व्यवस्थापन खर्च नगरपालिकाले गर्ने गरी व्यवस्था मिलाइएको छ ।

“आयुर्वेदिक पद्धतिबाट पनि कैयौँ रोगको उपचार गर्न सकिँदो रहेछ”, नगर उपप्रमुख लीला रानाले भन्नुभयो, “विनासाइडइफेक्ट काम गर्ने औषधि भएकाले सर्वसाधारणको माग आयुर्वेदिक औषधिमा रहेको मैले भेटाएँ ।”

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  ४ : ४८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा