एमालेकाे दोस्रो बैठक : उम्मेदवार हुन ६ मापदण्ड, महानगरका मेयर र उपमेयर केन्द्रले नै तोक्ने | Khabarhub Khabarhub

एमालेकाे दोस्रो बैठक : उम्मेदवार हुन ६ मापदण्ड, महानगरका मेयर र उपमेयर केन्द्रले नै तोक्ने


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमालेले स्थानीय तहको उम्मेदवार चयनका लागि प्रारम्भिक रुपमा ६ वटा मापदण्ड तय गरेको छ । कार्की ब्यांक्वेट काठमाडौँमा जारी केन्द्रीय कमिटी दोस्रो दिनको बैठकमा उम्मेदवार सिफारिस र चयनका बारेमा ६ वटा प्रारम्भिक मापदण्ड तय गर्दै एमालेमा छलफल सुरु भएको हो ।

जसअनुसार एमालेबाट स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको हुनुपर्ने, निर्वाचित प्रतिनिधिहरुको कामको मुल्यांकनको आधार लिनुपर्ने, व्यक्तिगत लोकप्रियता र विजयको सुनिश्चितता देखिनुपर्ने, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कायम राखिरहेको हुनुपर्ने, कार्यक्षमता, एव सुशासन र विकास प्रतिको दृष्टीकोण भएकाले मात्र उम्मेदवार हुन पाउने गरी मापदण्ड बनाएको हो ।

सो सैद्धान्तिक मापदण्ड भित्र अटाएकाले मात्र स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने जनाउँदै एमालेले सन्तुलन र समावेसी प्रतिनिधित्व गराउन सक्ने गरी उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिनेबारे छलफल जारी छ ।

यसरी सिफारिस भएकामध्ये महानगर र उपमहानगगरका प्रमुख/उपप्रमुखका उम्मेदवार भने पार्टी केन्द्रले नै चयन गरी नाम निर्धारण गर्नेछ । ‘सम्बन्धित पालिका कमिटी तथा जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले महानगरका प्रमुख र उपप्रमुख चयन गरी उम्मेदवार खडा गर्नेछ,’ एक केन्द्रिय सदस्यले न्युज कारखानासँग भने ।

उनका अनुसार उपमहानगरपालिका वा नगरपालिकाहरुको नगरप्रमुख/उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको चयन पालिका कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्धारण गरेपछि मात्रै उम्मेदवार हुन पाइनेछ ।

जिल्ला कमिटीलाई भने उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार चयनका बारेमा निर्णय गर्ने अधिकार एमालेले प्रदान गर्ने भएको छ ।

‘केन्द्रले आवश्यक ठानेमा कुनै पनि निर्णयमा पुनर्विचार गर्न सक्ने,’ अध्यक्ष ओलीले बैठकमा जानकारी गराइसकेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  १ : १२ बजे

भक्तपुर पुगेर बेलायतका अधिराजकुमारले काठमा बुट्टा खोप्न थालेपछि…

भक्तपुर– भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल

८२ मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माण अन्तिम चरणमा

सोलुखुम्बु- सोलुखुम्बुको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला

रविमाथिको थुनछेक बहस आज पनि जारी रहने

काठमाडौं– साहारा चितवन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

पटकपटक गोली हानेपछि मर्‍यो ‘माकुना’ : आत्मरक्षाका लागि गोली चलाउनु परेको निकुञ्जको दाबी

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउन सेनाले गोली

जसपा नेपाल संसदीय दलको बैठक बस्दै, अध्यादेशबारे निर्णय लिने

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय