क्षयरोग नियन्त्रणमा योगदान दिँदै आएको भन्दै डा. तिंकरीलाई गोल्ड मेडलले सम्मान « Khabarhub

क्षयरोग नियन्त्रणमा योगदान दिँदै आएको भन्दै डा. तिंकरीलाई गोल्ड मेडलले सम्मान


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्षयरोग नियन्त्रणका लागि लामो समयदेखि आफ्नो योगदान दिँदै आएका पूर्व प्रमुख विशेषज्ञ डा. भीमसिंह तिंकरीले गोल्ड मेडल प्राप्त गरेका छन्। दीर्घ राना समुन्द्र फाउन्डेसनले विश्व क्षयरोग दिवसको अवसरमा डा. तिंकरीलाई गोल्ड मेडलले सम्मान गरेको हो।

त्यस्तै, डीटीएलओ, स्वास्थ्य कार्यालय रौतहटका राजकुमार शाह, बझाङको क्षयरोग स्वास्थ्य कार्यालयका फोकल पर्सन नारायणप्रसाद जोशी, एएचडब्लु, स्वास्थ्य कार्यालय डोल्पाका कर्णबहादुर विक र डीटीएलओ स्वास्थ्य कार्यालय सुनसरीका विजय गुरागाईंलाई पनि फाउन्डेसनले सम्मान गरेको छ ।

उक्त फाउन्डसनले आफ्नो स्थापनाकालदेखि नै प्रत्येक वर्ष क्षयरोग दिवसको दिन क्षयरोग निवारणमा योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ।

त्यसैगरी, दिक्षा दक्ष सेवा पुरस्कार कोषले पनि क्षयरोग नियन्त्रण तथा उपचारमा निरन्तर सेवा दिइरहेका ३ जना व्यक्तिवलाई सम्मान गरेको छ। सम्मानित हुनेहरुमा ललितपुरको हरिसिद्धि स्वास्थ्य चौकीकी राज्यलक्ष्मी महर्जन, बर्दघाटका ल्याब टेक्निसियन डिल्लीराम तिवारी र स्वास्थ्य कार्यालय प्युठानका सुपरभाइजर मधुसदन खड्का रहेका छन्।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ६ : ३२ बजे

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल