चलचित्र ‘सरी मम’ को छायाङ्कन सुरु « Khabarhub

चलचित्र ‘सरी मम’ को छायाङ्कन सुरु


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र ‘सरी मम’ को छायाङ्कन सुरु भएको छ । बिहीबार काठमाडौँको भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म ‘सरी मम’को छायांकन सुरु गरिएको हो ।

क्यामेरा पूजा गर्दै थालिएको छायाङ्कनमा अभिनेत्री सरिता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए ।

निर्माता तथा वितरक गोपाल काजी कायस्थले क्ल्याप हानेको मुहूर्त सर्टको निर्देशन रञ्जीत रानाले गरेका थिए ।

विनोद लामाको प्रस्तुतिमा निर्माण हुने फिल्ममा सरिता र प्रभातका अलावा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाईप्रविल कटुवालको अभिनय रहने छ । यसको सम्पूर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिनेछ ।

एनएफआई क्रियसनको ब्यानरमा निर्माण हुने फिल्मलाई नविन बोगटीले निर्देशन गर्दै छन् । उनले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्दै छन् । ३० दिनको छायाङ्कन सेड्युल राखिएको फिल्मलाई दीर्घ गुरुङले छायाङ्कन गर्ने छन् ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ५ : ४६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना