मानव अधिकार उल्लंघनकर्तालाई टिकट नदेऊ : आयोग « Khabarhub

मानव अधिकार उल्लंघनकर्तालाई टिकट नदेऊ : आयोग


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा मानव अधिकार उल्लंघनमा दोषी किटान भई नाम सार्वजनिक भएका नेता तथा कार्यकर्तालाई उम्मेदवार नबनाउन आग्रह गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले सोलुखुम्बु, ओखलढुंगा र खोटाङका राजनीतिक दललाई पत्राचार गर्दै आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मानव अधिकार उल्लंघनकर्ताका रूपमा किटान भएका नेता तथा कार्यकर्तालाई टिकट नदिन सचेत गराएको हो ।

आयोगले स्थानीय तहको निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राजनीतिक दल, निर्वाचनमा खटिने कर्मचारी, अनुगमन तथा पर्यवेक्षक र मतदातालाई आग्रह गरेका छन् ।

कार्यालय प्रमुख उपसचिव श्यामबाबु काफ्लेले बिहीबार जारी गरेको प्रेस नोटमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा उम्मेदवार तय गर्न, निर्वाचन प्रचार–प्रसारका क्रममा आयोजना गरिने कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न, निर्वाचनको अवधिमा हुने विभिन्न कार्यक्रममा घृणा, द्वेष फैलने जस्ता अमर्यादित किसिमका शब्द कोही पनि उम्मेदवार तथा नेतृत्वबाट व्यक्त नगर्न आह्वान गरेको छ ।

निर्वाचन आयोगबाट जारी आचार संहिताका विशेषतः मानव अधिकारसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ पालना गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ६ : ११ बजे

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल