मुलुकमा विदेशी सैन्य उपस्थितिको दाबी असत्य : मालदिभियन रक्षा मन्त्रालय « Khabarhub

मुलुकमा विदेशी सैन्य उपस्थितिको दाबी असत्य : मालदिभियन रक्षा मन्त्रालय


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकमा विदेशी सैन्य उपस्थिति रहेको दाबी असत्य रहेको मालदिभ्सको रक्षा मन्त्रालयले जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै रक्षा मन्त्रालयले मुलुकमा कुनै किसिमको विदेशी सैन्य उपस्थिति नरहेको जनाएको हो ।

विपक्षी दलले भारत विरोधी राजनीतिक अभियान चलिरहेका बेला त्यहाँ भारतीय सैनिक उपस्थिति रहेको गलत सूचना प्रवाह भइरहेको बताइएको छ । सोही दुष्प्रचारलाई सम्बोधन गर्दै रक्षा मन्त्रालयले यस्तो झुटो समाचारको पछि नलाग्न समेत आह्वान गरेको छ ।

अघिल्लो वर्षको फेब्रुअरी महिनामा मालदिभ्स र भारतबीच मालदिभ्सको राष्ट्रिय रक्षा बलको तटरक्षक एकाइका लागि सिफ्भरु उथुरु थिलाफल्हुमा बन्दरगाह निर्माण गर्ने सम्झौतामा हस्ताक्षार भएको थियो ।

त्यसयता विपक्षी नेता अब्दुल्लाह यामिनले यस सम्झौताले मुलुकमा भारतीय फौज तैनाथ हुने भन्दै बयानबाजी दिँदै आएका छन् । पूर्वराष्ट्रपति समेत रहेका यामिनको चीनसँग निकै नजिकको सम्बन्ध रहेको विश्वास गरिन्छ । यामिनका आलोचकहरुले भने मालदिभ्समा भारतविरोधी भावना भड्काएर उनले राजनीतिक लाभ लिन खोजेको आरोप लगाउने गरेका छन् 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ७ : ०६ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र