गठबन्धन दलबाट खोटाङको जन्तेढुंगामा बन्द आह्वान « Khabarhub

गठबन्धन दलबाट खोटाङको जन्तेढुंगामा बन्द आह्वान


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको जन्तेढुंगा गाउँपालिकामा काँग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गठबन्धन दलले बन्द आह्वान गरेको छ ।

बुधबार राति ९ बजेतिर जन्तेढुंगाको केन्द्र चिसापानी बजारको एक होटेलमा एमालेसम्बद्ध कार्यकर्ताले काँग्रेस नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले गाउँपालिकामा बन्द आह्वान गरेको हो ।

गुण्डागर्दीशैलीमा आक्रमण गरिएको भन्दै गठबन्धन दलले विज्ञप्तिमार्फत शुक्रबारका दिन गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था बाहेकका सम्पूर्ण कार्यालय, व्यापार–व्यवसाय, संघसंस्था बन्द गर्न आह्वान गरेको छ ।

एमालेसम्बद्ध युवाले नियोजित रूपमा एक सडक योजनाको कमिसन माग्दै राजनीतिक विषय निकालेर विवाद गर्दै बस्नेतमाथि बोतल प्रहार गरेर सख्त घाइते बनाएको काँग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र विष्टले बताए । उनको हाल विराटनगरमा उपचार भइरहेको छ ।

एमालेसम्बद्ध चासुम राई, मिलन राई लगायतले बस्नेतमाथि आक्रमण गरेको सभापति विष्टले बताए । उनीहरूले एस्काभेटर चलाउँदै आएका काँग्रेस सम्बद्ध तारामान राईसँग सडक निर्माण योजनावापत १५ हजार कमिसन मागेको विष्टको भनाइ छ ।

एमालेको निरंकुशता, ज्यादती र सांघातिक आक्रमणका विरुद्ध बन्द आव्हान गरिएको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत विवादमा आफ्नो पार्टीको नाम जोडेको भन्दै एमालेको ध्यानाकर्षण 

नेकपा एमाले जन्तेढुंगा गाउँपालिका कमिटीले भने जाँड रक्सी खानेक्रममा भएको केही व्यक्तिको विवादमा आफ्नो पार्टीको नाम जोडेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले जन्तेढुंगा गाउँपालिका कमिटी अध्यक्ष यामकुमार राईले विज्ञप्ति जारी गर्दै जाँड खानेक्रममा केही व्यक्ति बीचमा व्यक्तिगत विषयमा भएको विवादलाई राजनीतिक रंग दिएर एमालेप्रति घृणा र द्वेष फैलाउने षडयन्त्र रचिएको बताएका छन् ।

एमालेले अस्वस्थ र अमर्यादित गतिविधि गरेर एमालेलाई बदनाम गराउने कुचेष्टा नगर्न सचेत गराएको छ । विज्ञप्तिमा एमालेको कार्यालय भवन शिलान्यासलगायतका कार्यक्रमलाई प्रभावित बनाउने गरी बन्द हडताल गरेर नागरिकमा भय, त्रास र आतंक सिर्जना भएकोप्रति दुःख व्यक्त गरिएको छ ।

कार्यालय बन्द नगर्न गाउँपालिकाको निर्देशन  

गठबन्धन दलले बन्द आव्हान गरेकोप्रति जन्तेढुंगा गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाले निर्देशन जारी गर्दै शुक्रबार कुनै पनि सरकारी बिदा नपरेको र सरकारी कार्यालय बन्द नहुने स्पष्ट पारेको छ ।

गाउँपालिका अध्यक्ष शंखबहादुर राईले जारी गरेको निर्देशनमा कुनै पनि विद्यालय वा सरकारी कार्यालय बन्द गरी कर्मचारी तथा शिक्षक अनुपस्थित भएमा स्थानीय सरकार सञ्चालन एन २०७४ बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ९ : ११ बजे

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल