युरोपले रुसलाई रोक्न ढिलो गरेको जेलेन्स्कीको टिप्पणी | Khabarhub Khabarhub

युरोपले रुसलाई रोक्न ढिलो गरेको जेलेन्स्कीको टिप्पणी


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणलाई रोक्न युरोपेली मुलुकहरुले ढिला गरेको टिप्पणी गरेका छन् । बेल्जियमको राजधानी ब्रसेल्समा बसेको युरोपेली परिषद्को सम्मेलनलाई भिडियोमार्फत् सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले यस्तो बताएका हन्

‘तपाईहरुले प्रतिबन्ध लगाउनु भएको छ, हामी कृतज्ञ छौँ । यो निकै शक्तिशाली कदम हो ।’ उनले भने, ‘तर यो केही ढिला भयो… त्यतिबेला मौका थियो ।’

युक्रेनमाथि आक्रमण गर्नु पूर्व नै रुसमाथि प्रतिबन्ध लगाइएको भए सायद रुस पछि हट्ने उनको भनाइ थियो ।

उनले रुसबाट युरोपतर्फ सीधै ग्यास लैजान बनाइएको नोर्डस्ट्रिम २ पाइपलाइनलाई अगाडि नै रोकेको भए ‘रुसले ग्यास संकटको सिर्जना नै नगर्ने’ समेत बताए ।

त्यसपछि युक्रेनलाई युरोपेली युनियनको सदस्यता दिन आग्रह गर्दै उनले भने ‘कृपया आइन्दा ढिलो नगर्नुहोला ।’

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १२ : ३५ बजे

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा– अविरल वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी

बलिउडका धेरै नायक असभ्य भएको कंगनाको आरोप

काठमाडौं – बलिउडकी अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले पुनः एकपटक

कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : ऊर्जामन्त्री खड्का

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई

रजनीकान्त र लोकेशको ‘कुली’ले बक्स अफिसमा कायम गर्‍यो नयाँ रेकर्ड

काठमाडौं – बलिउड र दक्षिण भारतीय सिनेमाको चर्चित अभिनेता रजनीकान्त