नेपाल आउनुअघि चिनियाँ विदेशमन्त्रीको भारतमा उच्चस्तीरय भेटवार्ता | Khabarhub Khabarhub

 नेपाल आउनुअघि चिनियाँ विदेशमन्त्रीको भारतमा उच्चस्तीरय भेटवार्ता


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आउनुअघि भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले उच्चस्तरीय भेटवार्ता गरेका छन् । उनले भारतीय समकक्षी एस जयशंकरसँग प्रतिनिधि मण्डल सहितका शीर्ष अधिकारीसँग हैदरावाद हाउसमा भेटवार्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसअघि उनले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलसँग दोभलकै कार्यालय साउद ब्लकमा भेटवार्ता गरेका थिए । दुवै जनासँगको भेटवार्ताका क्रममा विदेशमन्त्री यीले दुई पक्षीय हित, आपसी सहयोग तथा सहकार्य र साझा चासोका बारेमा कुराकानी गरेका थिए ।

भेटवार्ताका क्रममा भारत र चीनबीचको सम्बन्धलाई अझ मजबुत, सुमधुर बनाउँदै सहकार्यका क्षेत्र तथा दायरा बढाउने बारेमा पनि छलफल भएको जनाइएको छ ।

दक्षिण एसियाली देशको भ्रमण गर्ने क्रममा उनी बिहीबार बेलुका भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् । यही वर्ष चीनको राजधानी बेइजिङमा हुन लागेको उदीयमान अर्थतन्त्र भएका मुलुकहरुको समूह ब्रिक्सको सम्मेलनका लागि निमन्त्रणा दिन चिनियाँ विदेशमन्त्री भारत आएको बताइएको छ ।

भारत आउनु अघि उनी पाकिस्तानको राजधानी इस्लामावादमा भएको इस्लामिक सहयोग संगठनको बैठकमा सहभागी भएका थिए । इस्लामावादपछि उनी एकाएक अफगानिस्तानको राजधानी काबुल पुगेका थिए ।

उनी शुक्रबार नै काठमाडौं आउने कार्यक्रम छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १ : ०७ बजे

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि सुरु

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय  कार्यकारिणी समितिको बैठक शनिबारदेखि

‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’

काठमाडौं– नेपाल व्यवस्थापन सङ्घ (म्यान) ले आयोजना गरेको एक कार्यक्रममा

चितवनमा चीन–नेपाल कृषि तालिम : हाइब्रिड धानबाट उत्पादन बढाउने आशा

चितवन– चितवनमा १०० भन्दा बढी किसानले चीन–नेपाल दक्षिणी कृषि विज्ञान

भक्तपुरमा मनाइयो नारायण दीप यात्रा (तस्बिरहरू)

काठमाडौं– श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरमा नारायण दीप यात्रा गरिएको छ

पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध

मलेखु – जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक