पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ आईसीजेको आयुक्तमा पुनःनिर्वाचित « Khabarhub

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ आईसीजेको आयुक्तमा पुनःनिर्वाचित


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे) को आयुक्तमा पुनः निर्वाचित भएका छन् ।

प्रधानन्यायाधीशबाट अवकाशपछि श्रेष्ठ यसअघि २०७३ पुसमा पहिलो पटक आयुक्तमा निर्वाचित भएका थिए ।

दोस्रो पटक पाँच वर्षे कार्यकालका लागि श्रेष्ठ आयुक्तमा पुन निर्वाचित भएका हुन् । स्विट्जरल्याण्डको जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय संस्था आईसीजेमा लब्धप्रतिष्ठित न्यायाधीश, संविधानविद् तथा कानुनविद्हरू रहन्छन् ।

सन् १९५२ मा स्थापित आईसीजे न्यायाधीश र वकिलहरूको स्वतन्त्रता, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सम्मान, व्यापार र मानव अधिकारको क्षेत्रमा काम गर्छ । त्यस्तै संस्थाले महिला मानव अधिकार, विश्वव्यापी सुरक्षा र कानुनको शासनलगायत क्षेत्रमा काम गर्दछ ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठ क्याम्ब्रिज युनिभर्सिटी प्रेसले प्रकाशित गरेको ‘टावरिङ जजेज्ः अ कम्प्यारेटिभ स्टडी अफ कन्स्टिच्युसनल जजेज्’ पुस्तकमा संसारकै उत्कृष्ट न्यायाधीशहरूसँगै सूचीकृत भएका थिए ।

पुस्तकमा श्रेष्ठ नेपालको तर्फबाट परेका थिए भने अमेरिका, बेलायत, सिंगापुरलगायत देशका न्यायाधीशहरूसँगै सूचीकृत भएका थिए ।

पुस्तकमा हङकङकी प्राध्यापक डा. मारा मालगोडीले पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपालको न्यायिक स्वतन्त्रता बचाउन ठूलो साहसका साथ संवैधानिक भूमिका र व्यावसायिक निष्ठापूर्वक काम गरेको उल्लेख गरेकी थिइन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १ : ५४ बजे

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले

नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो

काठमाडौँ– पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ ।

गोकुलको टिप्पणी : प्रधानमन्त्री र गृहमन्त्री श्मशान जाग्ने बेला ब्युँझिएर फेसबुकमा झुल्किन्छन् 

काठमाडौं– नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा

सर्वदलीय बैठकमा प्रश्न: यो देशमा प्रधानमन्त्री र गृहमन्त्री छन् कि छैनन् ?

काठमाडौँ – सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन