नेविसंघका तदर्थ समिति अध्यक्ष शेर्पाबाट पदभार ग्रहण « Khabarhub

नेविसंघका तदर्थ समिति अध्यक्ष शेर्पाबाट पदभार ग्रहण


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले पदभार सम्हालेका छन् । 

शुक्रबार नेविसंघ कार्यालयमा पूर्वअध्यक्ष राजीव ढुँगानाले तदर्थ समिति अध्यक्ष शेर्पालाई पदभार हस्तान्तरण गरेका हुन् । 

पदभार ग्रहण गरेपछि अध्यक्ष शेर्पाले पार्टीले दिएको म्यान्डेडअनुसार निर्वाचन सकिएको तीन महिनाभित्र संगठनको १२ औँ महाधिवेशन गर्ने प्रतिबद्धता जनाए । 

विद्यार्थी राजनीतिमा गुमेको विश्वासलाई फर्काउन आफूले पहल गर्ने उनको भनाइ छ ।
त्यस्तै, उनले आफ्नो कार्यकालमा कुनै पूर्वाग्रह नराखेर सङ्गठनलाई विस्तार र बलियो बनाउने बताए ।

नेपाली काँग्रेसले बुधबार शेर्पालाई नेविसंघको केन्द्रीय तदर्थ समिति अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  २ : १३ बजे

वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु पर्ने बाध्यता छ : कुलमान घिसिङ

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले

गण्डकीमा अठार लाख बढी मतदाता र एक हजार २९७ मतदानस्थल कायम

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बुद्धको चित्र दिँदै प्रधानमन्त्रीले मागिन् दुर्गा प्रसाईंसँग निर्वाचन सफल बनाउन सहयोग

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई सफल पार्नका लागि सहयोग

रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा अधिकांश जिल्लाको

गाजामा बायरन आँधी : दुई लाख भन्दा बढी प्रभावित

एजेन्सी– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी