अमेरिकाले युरोपलाई थप १५ अर्ब घनमिटर ग्यास दिने « Khabarhub

अमेरिकाले युरोपलाई थप १५ अर्ब घनमिटर ग्यास दिने


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र युरोपबीच उर्जासम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षार भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन युरोप भ्रमणमा रहेका बेला यो उर्जा सम्झौतामा हस्ताक्षार भएको हो ।

सम्झौताअनुसार अमेरिकाले युरोपेली युनियन ईयूमा थप १५ अर्ब घनमिटर ग्यास आपूर्ति गर्नेछ । यो वर्षको अन्त्यबाट अमेरिकाले युरोपतर्फ थप १५ अर्ब घनमिटर तरल प्राकृतिक ग्यास (एलएनजी) पठाउने विषयमा सम्झौता भएको बीबीसीले जनाएको छ ।

हाल ईयू रुसी उर्जामा निर्भर छ । युरोपमा ग्यास उपभोगको ४० प्रतिशत रुसले आपूर्ति गर्दै आएको बताइन्छ । युक्रेनमाथि रुसले आक्रमण गरेसँगै ईयूले यसअघि नै रुसी ग्यासको निर्भरतालाई यो वर्षको अन्त्यसम्म दुई तिहाईले घटाउने स्पष्ट पारिसकेको छ ।

कोरोना भाइरसको महामारीका कारण उसैपनि उच्च रहेको उर्जाको मूल्य युक्रेनमाथि रुसी आक्रमणसँगै अकाशिन पुगेको छ । यही क्रममा युरोप उर्जाका लागि नयाँ विकल्पको खोजीमा रहेका कारण पछिल्लो सम्झौतालाई निकै महत्वका साथ हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ३ : ०२ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर