रोहित पौडेलको कीर्तिमानी पारीका बावजुद नेपाल पराजित « Khabarhub

रोहित पौडेलको कीर्तिमानी पारीका बावजुद नेपाल पराजित


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोहित पौडेल एक दिवसीय क्रिकेटमा एकै इनिङ्गमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

कीर्तिपुरको टियू मैदानमा पपुवा न्यूगिनी विरुद्ध भएको खेलमा उनले सर्वाधिक १२६ रन बनाए ।

१०७ बलको सामना गरेका उनलाई ४५ ओभर २ बलमा नोरमन भानुआले आउट गरेका थिए ।

यसअघि यो कीर्तिमान पूर्व कप्तान पारस खड्काको नाममा रहेको थियो ।

खड्काले युएईविरुद्ध सन् २०१९ मा सर्वाधिक ११५ रन बनाएका थिए ।

रोहितको कीर्तिमानी पारीका बावजुद खेलमा नेपाल भने ६ रनले पराजित भएको छ ।

टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्न आएको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएपछि नेपालले २९३ रनको लक्ष्य पाएको थियो । नेपालका लागि कमल सिंह ऐरी, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान २ विकेट लिए ।

त्यस्तै, पवन सर्राफ र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए । दोश्रो इनिङमा नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै केबल २८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि रोहितले १२६ रन बनाउनुबाहेक अरु ब्याट्सम्यान चल्न सकेनन् ।

आरिफ शेखले ३४ र ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले ३२ रन बनाए । नेपालले भोलि नै पपुवा न्यूगिनीविरुद्ध दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ५ : २२ बजे

वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु पर्ने बाध्यता छ : कुलमान घिसिङ

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले

गण्डकीमा अठार लाख बढी मतदाता र एक हजार २९७ मतदानस्थल कायम

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बुद्धको चित्र दिँदै प्रधानमन्त्रीले मागिन् दुर्गा प्रसाईंसँग निर्वाचन सफल बनाउन सहयोग

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई सफल पार्नका लागि सहयोग

रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा अधिकांश जिल्लाको

गाजामा बायरन आँधी : दुई लाख भन्दा बढी प्रभावित

एजेन्सी– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी