प्राथमिकताका क्षेत्रलाई सम्बोधन हुने गरी बजेट आउनुपर्छः उद्योगी व्यवसायी | Khabarhub Khabarhub

प्राथमिकताका क्षेत्रलाई सम्बोधन हुने गरी बजेट आउनुपर्छः उद्योगी व्यवसायी


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निजी क्षेत्रका प्रतिनिधिहरूले प्राथमिकताका क्षेत्रलाई उचित सम्बोधन गर्ने गरी आगामी वर्षको बजेट आउनुपर्ने धारणा राखेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा उनीहरूले आगामी वर्ष आकारमा भन्दा पनि प्राथमिकताका क्षेत्रलाई उचित सम्बोधन हुने गरी बजेट आउनुपर्ने धारणा राखेका हुन् । बैठकमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चुस्त दुरुस्त बजेट ल्याउनुपर्ने सुझाव दिएका छन् ।

ठूलो आकारको बजेट ल्याएर पटक पटक सच्याउनुपर्ने अवस्था आउन नहुने र बजेटमा डुप्लिकेशन हुन नहुने उनको भनाइ छ ।

त्यस्तै उनले विकास खर्च समयमा नसकिँदा समस्या देखिने गरेको भन्दै वर्तमान सरकारले यसअघिको कमी कमजोरीलाई सच्याउँदै बजेट ल्याउनुपर्ने बताए ।

भारतीय पर्यटकलाई मध्यनगर गर्दै भारु ५ सय र २ हजारका नोट नेपालमा चल्ने व्यवस्था गर्न पनि उनले सुझाव दिए ।

त्यस्तै बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सन्दिप अग्रवालले नेपालमा भारतीय पर्यटकको सहजताका भारतीय नोटको कारोबारलाई नेपालमा वैध बनाउनुपर्ने बताए ।

होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले पर्यटकलाई आकर्षित गर्न सरकारले आवश्यक नीति ल्याउनुपर्ने बताइन् । कोरोना प्रभावित होटल व्यवसायलाई उकास्न सहयोग पुग्ने प्रकारको बजेट सरकारले ल्याउनुपर्ने उनको भनाइ छ ।

त्यसैगरी नेपाल चेम्बर आफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले विदेशी मुद्राको सञ्चिती हेर्दा आर्थिक गतिविधि गर्न समस्या भएको भन्दै यसमा विशेष ध्यान दिनुपर्ने बताए ।

समितिले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि निजी क्षेत्रबाट सुझाव लिएको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ५ : ५४ बजे

ताप्लेजुङको घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा

प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य

हुम्ला– सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै

चालु आर्थिक वर्षको चौमासिक अवधि  ः २५ स्थानीय तह अझै बजेटविहीन

काठमाडौं– चालु आर्थिक २०८२–०८३ को चार महिना पूरा भए पनि

भोजपुरको खकुवाखोलामा पुल बनेपछि स्थानीयलाई सहज

भोजपुर– ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका भोजपुरका

कञ्चनपुरमा तीन हजार बढी मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि