चुनावी गठबन्धन नचाहने नेताहरूप्रति देउवाको आक्रोश « Khabarhub

चुनावी गठबन्धन नचाहने नेताहरूप्रति देउवाको आक्रोश


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धनको विपक्षमा रहेका आफ्ना नेताहरू आक्रोश व्यक्त गरेका छन् ।

शुक्रबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा सभापति देउवाले गठबन्धन नचाहने नेताहरूप्रति आक्रोश व्यक्त गर्दै ठूला कुरा नगर्न चेतावनी दिएका हुन् ।

उनले निर्वाचनमा गठबन्धनको विरोध गर्ने नेताहरूलाई जितेर देखाउन चुनौती पनि दिए ।

गठबन्धन नचाहने नेताहरूप्रति देउवा आक्रोशित भएको बैठकमा सहभागी एक नेताले बताए ।

नेपाली काँग्रेसमा चुनावमा गठबन्धन गर्ने/नगर्ने विषयमा फरक मत रहँदै आएको छ ।

बैठकमा नेताहरूले फरक मत जाहेर गरे पनि काँग्रेस एक्लै जित्ने ठाउँमा गठबन्धन नहुने प्रवक्ता डा. प्रकाशशरण महतले स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ८ : २१ बजे

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा

डाक्टर भन्छन्- लामो समय मोबाइलमा कुरा गर्दा सुन्ने क्षमता कमजोर हुन्छ, कानबाट टाढा राख्नू

बाँके– लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण

बाराबाट हराएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला

बारा– कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई