चुनावी गठबन्धन नचाहने नेताहरूप्रति देउवाको आक्रोश | Khabarhub Khabarhub

चुनावी गठबन्धन नचाहने नेताहरूप्रति देउवाको आक्रोश


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धनको विपक्षमा रहेका आफ्ना नेताहरू आक्रोश व्यक्त गरेका छन् ।

शुक्रबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा सभापति देउवाले गठबन्धन नचाहने नेताहरूप्रति आक्रोश व्यक्त गर्दै ठूला कुरा नगर्न चेतावनी दिएका हुन् ।

उनले निर्वाचनमा गठबन्धनको विरोध गर्ने नेताहरूलाई जितेर देखाउन चुनौती पनि दिए ।

गठबन्धन नचाहने नेताहरूप्रति देउवा आक्रोशित भएको बैठकमा सहभागी एक नेताले बताए ।

नेपाली काँग्रेसमा चुनावमा गठबन्धन गर्ने/नगर्ने विषयमा फरक मत रहँदै आएको छ ।

बैठकमा नेताहरूले फरक मत जाहेर गरे पनि काँग्रेस एक्लै जित्ने ठाउँमा गठबन्धन नहुने प्रवक्ता डा. प्रकाशशरण महतले स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ८ : २१ बजे

प्रधानमन्त्रीले आज कांग्रेस नेताहरूसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोधबारे नेपाली कांग्रेसका नेताहरुसँग

सिजनको अन्तिम खेलमा मुम्बई पराजित : १८ रनको जितले लखनउ प्लेअफ पुग्न असफल

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतिसहित तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार तदनुसार