अनमोल भन्छन्, ‘नेपाली दर्शक र फ्यानप्रति विश्वस्त छु’ | Khabarhub Khabarhub

अनमोल भन्छन्, ‘नेपाली दर्शक र फ्यानप्रति विश्वस्त छु’


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता अनमोल केसीले नेपाली फिल्म ‘ए मेरो हजुर ४’ स्तरीय बनेको बताएका छन् ।

प्रदर्शनको क्रममा रहेको केसी अभिनीत फिल्म हेरेर कुनै पनि युवाले नाक खुम्च्याउनु नपर्ने उनले बताए । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अनमोलले नेपाली फिल्म स्तरीय बनिरहेको प्रतिक्रिया दिए । ‘तपाईँहरूलाई कुन फिल्म हेर्ने र कुन नहेर्ने अधिकार गर्ने निर्णय छ । तर, तपाईँहरूको साथबिना हाम्रो नेपाली फिल्म कसरी अगाडि बढ्छ ? नेपाली फिल्म राम्रो बने ताली दिने र नराम्रो बने सुझाव दिने दायित्व पनि तपाईँको हो’ अनमोलले भने ।

उनले आफूलाई स्टारडमभन्दा पनि नेपाली दर्शकप्रति विश्वास रहेको प्रतिक्रिया दिए । ‘ए मेरो हजुर ४’ ले विदेशी फिल्मसँग कडा प्रतिष्पर्धा गर्ने तयारी गरिरहँदा उनी फ्यानले साथ दिनेमा विश्वत देखिए । ‘नेपालमा नेपाली फिल्मलाई माया गर्ने दर्शक र मलाइ यो स्थानसम्म पु¥याउने फ्यानप्रति पूर्ण विश्वस्त छु । उहाँहरूको साथले हामी अवश्य सफल हुनेछौँ’ अनमोलले भने ।

अनमोल झैँ निर्माता सुनिलकुमार थापाले पनि नेपाली दर्शकको प्राथमिकतामा नेपाली फिल्म नै पर्ने विश्वास व्यक्त गरे । ’हामी विदेशी फिल्मसँग प्रतिष्पर्धा गर्दैछौँ । तर, हामीले मैदानभित्र बराबर खेलाडी पाएर खेल्न पाउनुपर्छ । हामीलाई खेल मैदान बाहिर राखेर वा कम खेलाडीका साथ खेल भन्न पाइँदैन’ सुनिलले भने ।

उनले नेपाली फिल्मलाई दर्शकसम्म पुर्‍याउन वितरक र प्रदर्शकको साथ चाहिने बताए । ’उहाँहरूले यो ब्यानर र सिरिजले गरेको व्यापारको आधारमा दिने शोमा हामीलाई पूर्ण विश्वास छ । आखिर हामी नेपालमा छौँ । विदेशी भूमिमा फिल्म चलाउन लागेका हौँ र धेरै सोच्नलाई’ उनले भने ।

निर्देशक झरना थापाले पनि स्तरीय फिल्म बनाउने कोशिस गरेकाले हेरेर प्रतिक्रिया दिन दर्शकलाई आग्रह गरिन् । ‘हामीले के कस्तो काम गर्यौँ भनेर मूल्यांकन गरिदिने दर्शक हुन् । सल्लाह, सुझाव र हौसलाको सदैव अपेक्षा रहने छ’ निर्देशक थापाले भनिन् । उनले नेपाली फिल्मलाई विश्वका फिल्म माझ प्रतिष्पर्धा गराउने स्तरको बनाउन दर्शकको साथ उत्तिकै महत्वपूर्ण रहेको बताइन् ।

‘ए मेरो हजुर’ कै सिरिज मार्फत् अभिनेत्रीमा डेब्यु गरेकी सुहाना थापाले फिल्म राम्रो बनेको भन्दै धेरै नबोल्ने बताइन् । ‘म धेरै बोल्दिनँ । किनकी अब काम बोल्छ । तर, कामको मूल्यांकन गर्ने अवसर वा तारतम्य मिलाउने दायित्व प्रदर्शक र वितरकको हो’ उनले भनिन् । फिल्मको सार्वजनिक ट्रेलर अनमोल र सुहानाको प्रेम, कमेडी र बिछोड केन्द्रित छ । फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ ।

फिल्ममा संजय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १२ : ४१ बजे

गोरखा भूकम्पको १० वर्षमा यस्तो देखियो वसन्तपुर क्षेत्र (तस्बिरहरू) 

काठमाडौं– गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ठूलो भूकम्प गएको १० वर्ष

किभ आक्रमणपछि ट्रम्प आक्रोशित : रुसविरुद्ध कदम चाल्ने चेतावनी

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले युक्रेनमा जारी राखेको

औलोको जोखिममा कञ्चनपुर

कञ्चनपुर– भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिम बढेको छ

आज विश्व औलो दिवस मनाइँदै, अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस पनि आजै

काठमाडौं– आज विश्व औलो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ

शिक्षकको प्रदर्शन २४ औँ दिनमा : अदालतको आदेशले आन्दोलन नरोकिने

काठमाडौं – काठमाडौंको सडकमा २४ दिनदेखि निरन्तर प्रदर्शनरत शिक्षकको आन्दोलन