आँधीखोला गाउँपालिकाको लोगो सार्वजनिक « Khabarhub

आँधीखोला गाउँपालिकाको लोगो सार्वजनिक


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ – स्याङ्जाको आँधीखोला गाउँपालिकाले शुक्रबार आफ्नो पहिचानसहितको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरेको छ ।

पालिकाभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक महत्वका क्षेत्रलाई समेटेर निर्माण गरिएको लोगोको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौड्यालले सार्वजनिक गरेका हुन्।

‘गाउँपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व झल्कने क्षेत्र तथा सम्पदाहरुलाई लोगोभित्र अङ्कित गरेका छौँ’, उनले भने, ‘यस लोगोले गाउँपालिकाको छुट्टै पहिचान दिनेछ ।’ गाउँपालिकाले निर्माण गरेको लोगोको माथिल्लो भागमा गाउँपालिकाको नाम र सो नामको बीचमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । तल्लो भागमा रिबन राखिएको छ र त्यसमा गाउँपालिकाको ठेगाना उल्लेख छ । रिबनसँग जोडेर दुवैतर्फ धानको बाला राखिएको छ ।

उदाउँदै गरेको सूर्यसहित हरियाली डाँडाकाँडा तथा बोट वृक्षले गाउँपालिकाको प्राकृतिक सौन्दर्यलाई चित्रण गर्न खोजिएको छ । दक्षिण एशियाकै पहिलो सामुदायिक घरबास (होमस्टे) सिरुबारी र श्रवकुमार तथा अन्धाअन्धी दहलाई पनि लोगोमा समेटिएको अध्यक्ष पौड्यालले बताए।

श्रवणकुमारका अन्धाअन्धी बुबाआमाको आँसुबाट बनेको अन्धाअन्धी दह र सोही दहबाट उत्पत्ति भएको आँधीखोलालाई पनि समेटिएको छ । कृषि क्षेत्रसँगै लैङ्गिक समानता, एकता, समन्वय र सहकार्यलाई झल्काउन खोजिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका सबै क्षेत्रलाई साङ्केतिकरुपमा समेटेर गाउँपालिकाको पहिचान झल्कने गरी लोगो निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष शर्मिला पौड्यालले बताए।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ९ : ०० बजे

नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो

काठमाडौँ– पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ ।

गोकुलको टिप्पणी : प्रधानमन्त्री र गृहमन्त्री श्मशान जाग्ने बेला ब्युँझिएर फेसबुकमा झुल्किन्छन् 

काठमाडौं– नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा

सर्वदलीय बैठकमा प्रश्न: यो देशमा प्रधानमन्त्री र गृहमन्त्री छन् कि छैनन् ?

काठमाडौँ – सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समिति बैठकका निर्णयहरू

काठमाडौँ– लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा