एनआरएनएको दसौँ महाधिवेशन काठमाडौँमा सुरु, पूर्वअध्यक्षद्वारा संयुक्त उद्घाटन « Khabarhub

एनआरएनएको दसौँ महाधिवेशन काठमाडौँमा सुरु, पूर्वअध्यक्षद्वारा संयुक्त उद्घाटन


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को दसौँ महाधिवेशन काठमाडौँमा सुरु भएको छ ।

ललितपुरस्थित होटल हिमालयमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले महाधिवेशनको संयुक्त रुपमा उद्घाटन गरे ।

दुई दिनसम्म चल्ले सम्मेलनमा महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने छन्।

संघको नेतृत्वको लागि भएको विवाद अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको छ।

आजै संघको विश्व सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ११ : ३६ बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने