नेपाल-चीन परराष्ट्र मन्त्रीस्तरीय बैठक सुरु हुँदै, सम्झदारी पत्रमा हस्ताक्षर हुने « Khabarhub

नेपाल-चीन परराष्ट्र मन्त्रीस्तरीय बैठक सुरु हुँदै, सम्झदारी पत्रमा हस्ताक्षर हुने


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय बैठक आज दिउँसो साढे तीन बजे बस्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक बस्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गर्नेछन् ।

बैठकमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल हुने जनाइएको छ । बैठक सकिएपछि दुई देशबीच केही सम्झदारी तथा सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

बैठक सकिएपछि चिनियाँ विदेशमन्त्रीले आज नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १२ : १२ बजे

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको