आक्रमणकारी रुसी फौजलाई ‘शक्तिशाली प्रहार’ गरेको जेलेन्स्कीको टिप्पणी « Khabarhub

आक्रमणकारी रुसी फौजलाई ‘शक्तिशाली प्रहार’ गरेको जेलेन्स्कीको टिप्पणी


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजलाई युक्रेनले ‘शक्तिशाली प्रहारहरू’ गरेको टिप्पणी गरेका छन् । नियमित भिडियो सम्बोधनका क्रममा उनले युक्रेनी सेनाले रुसी सैन्य बलविरुद्ध शक्तिशाली प्रहार गरेको र रुसतर्फ ‘उल्लेखनीय क्षति’ भएको टिप्पणी गरेका हुन् ।

‘हाम्रो सैन्य बलले मुलुकको दक्षिणतर्फ, डोनबास, खार्किभको दिशामा र किभ क्षेत्रमा दुश्मनको आक्रमण निरन्तर विफल बनाइरहेका छन् ।’ उनले भने । 

‘रुसी आक्रमणलाई कमजोर बनाएर हाम्रा रक्षकहरु रुसी नेतृत्वलाई यस्तो तार्किक उपायसम्म पुर्‍याउदै छन्– वार्ता आवश्यक छ । अर्थपूर्ण । तत्कालै । निष्पक्ष ।’ उनको भनाइ छ ।

एक महिनाअघिदेखि युक्रेनमाथि आक्रमण थालेयता रुसी आक्रमण सुस्तै बन्दै गइरहेको टिप्पणी भइरहेका बेला जेलेन्स्कीको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  २ : ०१ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य