१६ हजार रुसी सैनिक मारिएको युक्रेनी दाबी « Khabarhub

१६ हजार रुसी सैनिक मारिएको युक्रेनी दाबी


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १६ हजार भन्दा धेरै आक्रमणकारी रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । युक्रेनी सेनाले फेसबुकमार्फत् जानकारी दिँदै एक महिनायता जारी आक्रमणका क्रममा १६ हजार ४ सय रुसी सैनिक मारिएको दाबी गरेको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आफ्नो नियमित भिडियो सन्देशका क्रममा १६ हजार रुसी सैनिक मारिएको जानकारी दिएका थिए ।

त्यस्तै, युक्रेनी सेनाले रुसी फौजको ५७५ ट्यांक, १६४० बख्तरबन्द गाडी, २९३ आर्टिलरी पिस, ९१ मल्टिपल लन्च रकेट सिस्टम (एमएलआरएस), ५१ विमान भेदी प्रणाली, ११७ लडाकु विमान ध्वस्त पारेको दाबी गरेको छ ।

त्यसैगरी रुसी फौजका १२७ हेलिकोप्टर, ५६ चालकरहित हवाई उपकरण (ड्रोन), ११ सय ३१ सैनिक वाहन ७३ इन्धन ट्यांकर पनि ध्वस्त पारेको युक्रेनी सेनाको दाबी छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ३ : १३ बजे

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज

कतारमा ट्रम्पसँग बैठक बस्ने दाबीलाई इरानले गर्‍यो अस्वीकार

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग वार्ताका लागि

जर्मनीको बाल तथा मातृ कल्याण केन्द्रमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु

काठमाडौँ – जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ