युक्रेनमा पहिलो चरणको कारवाही सकिएको रुसी घोषणा « Khabarhub

युक्रेनमा पहिलो चरणको कारवाही सकिएको रुसी घोषणा


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमा आफ्नो पहिलो चरणको ‘सैनिक कारवाही’ समाप्त भएको दाबी गरेको छ । रुसी सैनिक निकायका उप प्रमुख सर्गेई रुद्सकोईले प्रारम्भिक चरणको सैनिक कारवाही समाप्त भएको बताएका हुन् ।

‘कारवाहीको पहिलो चरणको प्रमुख कार्यहरू पूरा गरिएको छ ।’ उनले भने, ‘युक्रेनी सैन्य बलको लड्ने क्षमतामा निकै कमी आएको छ, यसले हामीलाई डोनबास मुक्त गर्ने हाम्रो मुख्य लक्ष्यमा केन्द्रित हुन बाटो खुलेको छ ।’

यससँगै अब रुसको आक्रमण रुस समर्थित ‘राज्य’ हरु लुहान्स्क जनगणतन्त्र र डोनेत्स्क जनगणतन्त्र समावेश रुसी भाषीको बाक्लो बसोबास रहेको डोनबास क्षेत्रमा केन्द्रित हुनसक्ने आँकलन गरिएको छ ।

पछिल्लो समय तीव्र युक्रेनी प्रतिरोधमाझ रुसी फौजले किभ, मारिउपोल, खारकिभजस्ता शहरमा नियन्त्रण जमाउन गरेको निरन्तरको प्रयास असफल भएको टिप्पणी भइरहेका बेला रुसी सेनाको यस्तो भनाइ आएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यस्तो अवस्थामा पछिल्लो घोषणासँगै युक्रेनमा जारी आक्रमणमा रुसी रणनीतिमा परिवर्तन आएको हुनसक्ने बताएका छन् ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजलाई ‘शक्तिशाली प्रहार’ गरेको टिप्पणी गरेका थिए ।

 

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ३ : ५६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस