रुसी हमलामा १३६ बालबालिका मारिएको युक्रेनी दाबी « Khabarhub

रुसी हमलामा १३६ बालबालिका मारिएको युक्रेनी दाबी


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिएका छन् । सामाजिक सञ्जाल टेलिग्राममार्फत् युक्रेनको महान्यायधिवक्ताको कार्यलयले सो जानकारी दिएको हो ।

मारिनेमध्ये ६४ बालबालिका राजधानी किभ क्षेत्रका रहेको बताइएको छ । अरु ५० जना बालबालिका डोनेत्स्क क्षेत्रमा मारिएका हुन् । यसबाहेक अरु १९९ जना बालबालिका घाइते भएका छन् ।

एक महिनाभन्दा लामो समयदेखि युक्रेनविरुद्ध आक्रमण गर्दै आएको रुसी फौजमाथि आवासीय क्षेत्र एवम् गैरसैनिक पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको आरोप लागिरहेका बेला युक्रेनी पक्षबाट बालबालिकाको हताहतीको विवरण सार्वजनिक भएको हो ।

सैनिक आक्रमणका क्रममा रुसी फौजले मार्च ९ का दिन दक्षिणी युक्रेनको मारिउपोल शहरमा रहेको बाल अस्पताललाई लक्षित गरी हवाई हमला गरेको थियो । उक्त आक्रमणपछि रुसले युक्रेनमा युद्ध अपराध गरेको भन्दै चर्को निन्दा भएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ४ : १२ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र