किन नेपाल आए राजपाल यादव ? « Khabarhub

किन नेपाल आए राजपाल यादव ?


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– चर्चित भारतीय अभिनेता राजपाल यादव नेपाल आइपुगेका छन् । बलिउडका फिल्महरूमा हाँस्य कलाकारका रूपमा देखा पर्ने अभिनेता यादव शनिबार सर्लाही सदरमुकाम मलंगवा आइपुगेका हुन् ।

गोपाल सेवा समितिको नवौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन यादव मलंगवा आएका छन् ।

मलंगवा नगरपालिका वडा नं. २ स्थित कभर्ड हलमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा उनी सहभागिताका लागि आइपुगेका हुन् ।

पर्दा देखिरहेका कलाकार यादवलाई अगाडि भेटेपछि स्थानीयदेखि अधिवेशनमा सहभागी हुन् आएकाहरू पनि सेल्फी लिन र तस्बिर खिचाउन व्यस्त थिए । पछिल्लो समय बलिउडका फिल्महरूमै कम उपस्थिति देखिने यादवले नेपाली फिल्ममा समेत अभिनय गरेका छन् ।

कुनै समय प्रियादर्शन र डेविड धवनको एकपछि अर्को फिल्ममा कमेडी क्यारेक्टरमार्फत् दर्शकको मन जित्ने गरेका राजपाल पछिल्लो समय भुत पुलिस नामक फिल्ममा देखिएका थिए ।

उद्घाटन समारोह साँझ अबेरसम्म चल्ने र राति अबेर हुने बन्दसत्रमार्फत् गोपाल सेवा समितिको केन्द्रीय नेतृत्व चयन गर्ने सर्लाहीको पत्रिका उज्यालो अभियान दैनिकका अध्यक्ष टंक क्षेत्रीले बताए । अभिनेता यादव आजै भारत फर्किनेसमेत उनले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ६ : ०३ बजे

झोलुङ्गे पुलले जोड्दैछ चन्द्रडाँगी–लालपानी

दमक– जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदीपूर्वमा

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

गगनबाट ओली-प्रचण्डले पाठ सिक्छन् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार आफ्नो पदबाट राजीनामा

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा वर्षाका कारण  कम्तीमा १७

नेपाल टेलिकमले गर्‍यो ८९ कम्पनीसँग सम्झौता, प्रिपेड रोमिङ सेवा अब ६२ देशमा

काठमाडौं– नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२