चिनियाँ विदेशमन्त्रीद्वारा पोखरा विमानस्थल हस्तान्तरण « Khabarhub

चिनियाँ विदेशमन्त्रीद्वारा पोखरा विमानस्थल हस्तान्तरण


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समकक्षी नारायण खड्कालाई हस्तान्त्ररण गरेका छन्।

शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष समकक्षी खड्कालाई विमानस्थल (सांकेतिक चाबी) बुझाएका हुन् ।

प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता सकिएपछि चिनियाँ विदेशमन्त्री वाङले त्यहींबाट भर्चुअल रुपमा सो विमानस्थलको समापन गरेका थिए । चिनियाँ ऋण सहयोगमा पोखरा विमानस्थल विस्तारको काम भएको थियो ।

चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदर कायम गरी पोखरा विमानस्थल बनाउन नेपाललाई २१ अर्ब ६० करोड रुपैयाँ ऋण दिएको थियो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ २२ अर्ब ऋण सहयोगमा निर्माण गरिएको हो । विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ७ : ४८ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको