ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते « Khabarhub

ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ धामीगाडामा शनिबार बिहान १० बजेतिर ट्याक्टर दुर्घटनामा परेको छ ।

सडकको काम गरिरहेको कन्स्ट्रक्सनको ट्याक्टर दुर्घटनामा परेको दार्चुलाका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए ।

पारस ओडले चलाइरहेको से१त ५४९६ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ । दुर्घटनामा परेर ट्याक्टरमा सवार बासुदेब जोशी घाइते भएका छन् ।

दुर्घटनापछि उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा ल्याइएका जोशीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । चालक ओड प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको निमित्त प्रहरी प्रमुख विश्वकर्माले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ८ : ०९ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले