हरियो मतपत्रबाट तर्सिनेहरू निर्वाचनको परिणामबाट तर्सिने छन्ः महामन्त्री शर्मा « Khabarhub

हरियो मतपत्रबाट तर्सिनेहरू निर्वाचनको परिणामबाट तर्सिने छन्ः महामन्त्री शर्मा


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरियो रंगको मतपत्रबाट तर्सिनेहरू निर्वाचनको परिणामबाट पनि तर्सिने टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौँमा भएको कार्यक्रममा महामन्त्री शर्माले आफूलाई बलियो भन्ने नेकपा एमाले मतपत्रको रंगबाट तर्सिएको भन्दै अब निर्वाचनको परिणामबाट पनि तर्सिने अवस्था आउने दाबी गरेका हुन् ।

महामन्त्री शर्माले केपी ओली नेतृत्वको सरकारले गरेको विकासलाई ‘डायनासोर विकास’ को संज्ञा दिए ।

ठूलो विकासको कुरा गरेर काम नगर्ने पार्टी एमाले भएको उनको आरोप छ ।

उनले आगामी निर्वाचनमा तालमेल गर्ने अधिकार मातहतका समितिलाई दिनुपर्ने र यस विषयमा केन्द्रीय कमिटीले आवश्यक निर्णय गर्ने बताए ।

शर्माले आगामी निर्वाचनमा काँग्रेस सही विचार र दृष्टिकोणसहित जनतामा जाने भन्दै देशको ठूलो र बहुमतको पार्टी बन्ने दाबीसमेत गरेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ११ : १६ बजे

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको